© २०२३
नवलपरासी, ११ पुस ।
पश्चिम नवलपरासीको बर्दघाटमा निर्माणाधीन उद्योगको ट्रष्ट भत्किदा १० जना घाईते भएका छन् । बर्दघाट १२ भटौलियामा कजरिया टायल्स् उद्योगको निर्माणाधीन फलामको ट्रष्ट भत्किएको हो । घाईते सबै मजदुर रहेको र उनीहरुको बर्दघाटमा रहेको स्थानीय चौपत्ता सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
छतमा काम गरिरहेको समयमा क्रेनको ठक्करबाट ट्रष्ट विस्तारै भत्किएका कारण ठुलो क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिए ।