ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

विद्यार्थीका कलालाई जोड्दै शैक्षिक सामग्री

९ पुष २०८०, सोमबार
९ पुष २०८०, सोमबार

चन्द्रौटा (कपिलवस्तु), ९ पुस ।

व्यापारीक केन्द्र रहेको चन्द्रौटा बजारदेखि करिब ५ किलोमिटर उत्तरमा रहेको छ सरस्वती आधारभूत विद्यालय । यो कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१, शिवपुरमा अवस्थित छ । घना जंगलसँग सटेको हरियाली मनोरम दृश्यसँगै शान्त स्थानमा २०४७ सालमा स्थापना भएको उक्त विद्यालय जहाँ विगतका वर्षभन्दा यतिबेला निकै परिवर्तन भएको देखिन्छ । बाहिरबाट हेर्दा जो कसैको मन नछोला भन्न सकिन्न । विद्यालयतिर हे¥यो कि भित्ताले भन्छ ः ‘अभिभावक ज्यू नमस्कार कता हिँडनुभयो कुन्नी ? एकपटक विद्यालय प्रवेश गरी छोराछोरीको पढाई बारे छलफल गरौँ कि ?’

“प्रविधिमैत्री गुणस्तरीय निःशुल्क शिक्षा आजको आवश्यकता” भन्ने मूल नाराका साथ त्यही विद्यालय जहाँ यतिबेला नगरस्तरीय शैक्षिक सामग्रीको प्रदर्शन गरिएको छ । विद्यार्थीहरुका कलालाई जोड्दै शैक्षिक सामग्रीमा बालबालिकाहरुका अन्तर्निहित सीप, क्षमता र प्रतिभा उजागर गर्न तथा विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनुका साथै विद्यालय विद्यालयबीचको सिकाई आदानप्रदानमा टेवा पुर्याउने छ । नेपालको झण्डा विद्यालयको पर्खालमा रङरोगन, सरस्वती माताको मूर्ति स्थापनासँगै विद्यालयको प्राङ्गणमा टायल, खानेपानी, शौचालय, फूलका बगैचा र करेसाबारीले चिटिक्क पारिएको सुन्दर दृश्यले आम नागरिकको आकर्षणको केन्द्रबिन्दु बन्ने गर्दछ ।

शिवराज नगरपालिका वडा नम्बर–१ वडा कार्यालयको समन्वयमा र स्ट्रोम फाउण्डेसन, किडार्क नेपालको प्राविधिक सहयोगमा आइतबार आयोजना गरिएको विद्यालयले जनाएको छ । शिवराज नगरपालिकाका १० विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो । विशेषगरी प्रदर्शनीमा विद्यार्थीहरुले उत्पादन गरेका हस्तकला सामग्री देखिन्थ्यो । आविष्कारका सामग्री टोप, स्टिमर, मानवचित्र, सौर्यमण्डल मेरीस्कोप, रकेट, माटोका भाँडा सरस्वतीको मूर्ति, ढकिया, डोको, घर लगायतका वस्तु विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेको विद्यालयका प्रअ सिताराम चौधरीले जानकारी दिए ।

विद्यार्थीहरुको कला, क्षमता र प्रतिभा उजार गर्न शिवराज नगरपालिकामै पहिलोपटक यो कार्यक्रम गरिएको उनको भनाई छ । विगत एक दशक बढी पत्रकारिता गरेका उनी यतिबेला पूर्णरुपमा शिक्षण पेशलाई मुख्य पेशको रुपमा अगाडि बढाएका छन् । त्यति मात्रै नभएर प्रअ चौधरी समाजमा आमूल परिवर्तन खोज्ने एक उर्जावान योद्धाको भूमिमा लागेको समेत रहेको स्थानीय प्रकाश थारु बताउँछन् ।

शिवराज नगरपालिका ५ घर भएका चौधरी सामान्य परिवारमा हुर्केका थिए । २०६६ असार १८ गतेदेखि आंशिक शिक्षण पेश अंगालेका २०७५ चैत २९ गते उनी स्थायी रुपमा आबद्ध भए । त्यहाँबाट उनको यात्रा सरस्वती आधारभूतमै अध्यापन गराउँदै आएका छन् । यतिबेला प्रअ चौधरीको विद्यालय शिवराज नगरपालिकाकै उत्कृष्ट छ । शैक्षिक सामग्री प्रदशर््ानीतर्फ सरस्वती आधारभूत विद्यालय शिवपुर प्रथम भएको छ । त्यस्तै सिद्धार्थ आधारभूत विद्यालय दोस्रो, जनता आधारभूत विद्यालय मदरहवा तेस्रो र आधारभूत विद्यालय मदवाले सान्त्वना स्थान हासिल गरेका छन् । यस्तै हस्त लेख्न प्रतियोगितामा छात्रातर्फ दुर्गेश नन्दनी आवि थुनिया अनिता यादव प्रथम भएकी छन् । सरस्वती आधारभूत विद्यालय शिवपुरकी अनिता टोमटा दोस्रो र जनता आवि मदरहवाकी दिपिसा चौधरी तेस्रो भएकी छन् ।

यसैबीच लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीहरुको अन्र्तनिहित क्षमतालाई प्रस्फुटन गर्न सहज भएको बताए । विद्यार्थीहरुको पहिलो पाठशाला भनेको अभिभावक हुन् । त्यसैले शिक्षक भन्दा उनीहरुको जिम्मेवारी रहेको उनको भनाई छ । निरन्तर प्रयासपछि ज्ञानको अविष्कार भएको भन्दै अविष्कारका कुरामा लाग्न आवश्यक रहेको केसीले जिकिर गरे । शिवराज नगरपालिकाका मेयर अजय थापाले निःशुल्क शिक्षालाई निरन्तरता दिँदै गुणस्तरीय शिक्षा प्रवाह तथा बालबालिका विद्यालयसँग जोड्ने कार्यलाई प्राथमिकता दिने जनाए ।

उपप्रमुख शिवकुमारी थारुले पालिकामै नौलो कार्यको सुरुवात भएको प्रशंसा गर्दै शैक्षिक सामग्री प्रदर्शनी मार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड दिने उनले दावी गरिन् । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर जिसीले सुनेर भन्दा प्रयोगमा र देखेर व्यवहारमा लागू भएमा प्रभावकारी हुने बताए । विद्यालय, विद्यार्थी र शिक्षकहरुको सम्बन्ध कायम गर्ने बताउँदै अरुले पनि यस्ता नौलो कार्य गर्न जरुरी रहेको जनाए । विद्यालयमा हाल २ सय ८८ जना विद्यार्थी, शिक्षक र कर्मचारी १० जना रहेको व्यवस्थापन समितिले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?