ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

केरवानी स्वास्थ्य चौकीमा वर्षमा ६ हजार बढीलाई स्वास्थ्य सेवा

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

देवदह ।

केरवानी स्वास्थ्य चौकी देवदह–२, को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य चौकीले बर्षभरी प्रदान गरेको सेवा प्रवाहको एक कार्यक्रमका वीच सामाजिक परीक्षण सार्वजनिक गरिएको हो ।

केरवानी स्वास्थ्य चौकी देवदह–२, को सामाजिक परीक्षण सार्वजनिक कार्यक्रममा ग्रिन तारा नेपालले सहजीकरण गरेको थियो । सामाजिक परीक्षण कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै केरवानी स्वास्थ्य चौकीका ईन्चार्ज काशीराम रेग्मीले आर्थिक बर्ष २०७९÷८० मा स्वास्थ्य चौकीबाट ६ हजार ३ सय ७८ जनालाई सेवा प्रदान गरेको जानकारी दिए । उनले स्वास्थ्य संस्थाले प्रत्येक सरदरमा २२ जनालाई सेवा प्रवाह गरेको बताए ।

नवशिशु तथा वालरोगको एकिकृत व्यवस्थापन गरेको जानकारी दिदै स्वास्थ्य चौकीले एक बर्षमा १ सय २२ जना महिलालाई प्रसुती सेवा प्रदान गरेको रेग्मीले जानकारी दिए । उनले केरवानी स्वास्थ्य चौकीले आमनागरिकको घर÷घरमा गएर सुत्केरी परीक्षण गरिएको जानकारी दिए ।

स्वाथ्य चौकीमा महिलाहरुको पाठेघरको समस्याको परीक्षण, गर्भवती महिलाको परीक्षण, साप्ताहिक रुपमा विशेषयज्ञ सेवा प्रदान गर्दै आएको छ ।

बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रेग्मीले देवदह–२ लाई पूर्ण प्रसुती वडा घोषणा गर्ने गरी स्वास्थ्य चौकी अगाडि बढिरहेको बताए ।

सोही अवसरमा बोल्दै ग्रिन तारा नेपालका कार्यक्रम संयोजक सावित्रा गिरीले केरवानी स्वास्थ्य संस्थासंग सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए । उनले गरिव र विपन्न वर्गलाई स्वास्थ्यमा पहुँच पु¥याउने ग्रिन तारा नेपालले काम गरेको बताइन् । केरवानी स्वास्थ्य संस्थाका कार्यरत स्वास्थ्यकर्मी, महिला स्वयम्सेवीलाई तालिम दिनुका साथै व्यवस्थापन समितिलाई अभिमुखीकरण कार्यक्रम गरेको उनले बताईन् ।

कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले हरेक स्वास्थ्य संस्थामा बार्षिक रुपमा सामाजिक लेखापरीक्षण गर्न आवश्यक रहेको औंल्याए । उनले सामाजिक लेखापरीक्षणले संस्थालाई पारदर्शी बनाउन मद्दत पुग्नेमा जोड दिए ।

केरवानी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं देवदह–२, का वडाअध्यक्ष दलबहादुर राकासकोटीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य गीता भण्डारी, केरवानी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष एवं वडा सदस्य बेलुमाया बम्रेल, कृष्ण ढकाललगायतले बोलेका थिए ।

केरवानी स्वास्थ्य चौकीमा दैनिक बिरामी जाँच तथा उपचार सेवा, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन सेवा, गर्भवती जाँच, २४ सै घन्टा प्रसुति सेवा, पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवा, प्रयोगशाला सुविधाको साथै ७० वर्ष माथिका जेष्ठ नागरिक र गर्भवती महिलाको लागि निःशुल्क प्रयोगशाला परीक्षण, निःशुल्क भिडियो एक्सरे सेवा, क्षयरोग तथा कुष्ठरोग निदान तथा उपचार सेवा, निःशुल्क सुरक्षित गर्भपतन सेवा लगायतका सेवाहरू उपलब्ध रहेको कार्यालय जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?