ट्रेंडिंग:

>> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान

अर्घाखाँचीको पाणिनीमा झण्डै ५ सय जनाको निःशुल्क आखाँ जाँच

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

अर्घाखाँची, ७ पुस ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भएको वृहत निःशुल्क आँखा शिविरमा ५ सय जनाको आँखा जाँच गरिएको छ । शिविरमा आएका मध्ये ३० जनाको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया समेत गरिएको छ ।

पश्चिम नेपाल विकास ट्रष्टको आयोजना, पाणिनी गाउँ पालिकाको सहयोग तथा ब्यवस्थापन र नेपाल नेत्र ज्योति संघ अर्घाखाँचीको प्राबिधिक सहयोगमा सम्पन्न आँखा शिविरमा स्थानीयको उत्साहजनक सहभागिता रहेको ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङले बताए । आँखा जाँचका क्रममा आँखामा समस्या देखिएकाहरुलाई निःशुल्क रुपमा आवश्यकता अनुसार चश्मा तथा औषधी समेत वितरण गरिएको कार्यक्रमका संयोजक समेत रहेका ट्रष्टका उपाध्यक्ष माधवप्रसाद आचार्यले बताए ।

पाणिनीको दुर्गाफाँट बरकारुख स्थित आयुर्वेद भवनमा सम्पन्न आँखा शिविरमा ३ लाख बराबरको औषधी तथा चश्मा वितरण गरिएको ट्रष्टका सचिव पदम घिमिरेले बताए । ट्रष्टकी कोषाध्यक्ष लक्ष्मी अधिकारीले शिविरमा बालबालिकादेखि वृद्धवृद्धासम्मले आँखा जाँच गराएको बताइन् । ट्रष्टका सदस्य देवीप्रसाद घिमिरेले पाणिनीमा आँखाका बिरामी धेरै रहेकाले पालिकासँगको सहकार्यमा शिविर सम्पन्न गरिएको बताए ।

कार्यक्रममा रणअम्विका आँखा अस्पताल भैरहवाकी डाक्टर लक्ष्मी मानन्धर, नेपाल नेत्र ज्योति संघ अर्घाखाँची आँखा अस्पतालका प्रमुख सागर घिमिरेसहित १० जनाको स्वास्थ्य टोली खटिएको थियो । आँखा शिविरका लागि ट्रष्टका वरिष्ठ सल्लाहकार समेत रहेका संस्थापक अध्यक्ष युवा पर्यटन ब्यवसायी गोपाल प्रसाद भुसाल र आजिवन सदस्य तथा टेम्पल ट्रि रिसोर्ट पोखराका सञ्चालक युवा ब्यवसायी वसन्त गौतमबाट समेत सहयोग भएको सचिव घिमिरेले बताए ।

शिविरको उद्घाटन गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गाउँपालिकामा भएको शिविरबाट धेरै लाभान्वित हुने भन्दै यसका लागि योगदान गर्ने आयोजक तथा सहयोगी संस्थाहरुलाई धन्यवाद दिए । नेपाल नेत्र ज्योति संघ अर्घाखाँची आँखा अस्पतालका प्रमुख सागर घिमिरेले आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको भन्दै स्वास्थ्यमा ख्याल राख्न सुझाव दिए । उनले पाणिनीमा आँखा जाँचका लागि सेवा विस्तार गर्न पालिकालाई अनुरोध गर्र्दै यसका लागि आफ्नो तर्फबाट सहयोग रहने बताए ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले पालिका भित्र आँखामा समस्या भएकाहरु धेरै रहेको भन्दै शिविरबाट धेरै लाभान्वित भएको बताए ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नर्मदा गौतम, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, गाउँपालिकाका पूर्व अध्यक्ष अच्युत गौतमसहितका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

शिविर सम्पन्न गर्न ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधबप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषध्यक्ष लक्ष्मी अधिकारी, सदस्यहरु देवीप्रसाद घिमिरे, नमनारायण वेलवासे, मञ्जु आचार्य, तारा घिमिरेलगायतको टिम सक्रिय पूर्वक लागेको थियो ।

वृद्धवृद्धालाई लक्ष्मीको सम्मान

आँखा शिविरमा ट्रष्टकी कोषाध्यक्ष लक्ष्मी अधिकारीले वृद्धवृद्धालाई राधे राधे लेखिएका खादाद्वारा सम्मान गरेकी थिइन् । करिब ६० जनालाई उनले खादा प्रदान गरेकी थिइन् । खादा पालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले वृद्धवृद्धालाई ओढाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?