ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

महामाया भवानी माविमा स्वर्णस्तम्भ, सरस्वती मन्दिर र मञ्च शिलान्यास

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

देवदह, ८ पुस ।

रुपन्देहीको देवदह –४ भवानीपुरमा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयमा सरस्वती मन्दिर, स्वर्णस्तम्भ र बहुआयामिक मञ्चको शिलान्यास गरिएको छ ।

बिद्यालयले एक कार्यक्रमको आयोजना गरी शिलान्यास कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयले आउँदो फागुन १८ गते स्वर्ण महोत्सव गर्ने भएको छ । सोही अवसरमा निर्माण हुन लागेको सरस्वती मन्दिरको देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेल, स्वर्णस्तम्भको देवदह नगरपालिका उप–प्रमुख विद्यालक्ष्मी गुरुङ र बहुआयामिक मञ्चको देवदह नगरपालिका वडा नम्बर –४ का वडाअध्यक्ष दमननाथ रेग्मीले शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले देश विकासमा शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको बताए । उनले गुणस्तरीय शिक्षाको लागि शिक्षक, अभिवावक, विद्यालय व्यवस्थापन समिति सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । साथै उनले विद्यार्थीको सिकाइमा सुधार ल्याउन शिक्षकहरुको साथै अभिभावकहरुको पनि विशेष भूमिका रहनुपर्नेमा जोड दिए ।

नगर प्रमुख खरेलले शिक्षा बिना समाजको विकासको गति पनि शुन्य रहने बताउँदै नगरपालिकाले शैक्षिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताए । त्यसैगरी बिद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले विद्यालयको गरिमालाई उचाइमा पुर्याउन सबैको एकता आवश्यक रहेको बताए । उनले विगत लामो समयदेखि विद्यालयमा सरस्वतीको मन्दिर राख्ने अधुरो सपनालाई साकार पार्नको लागि विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, पूर्व विद्यार्थी तथा अभिभावकको सक्रियता र सहयोगमा सरस्वती मन्दिरको शिलान्यास गरिएको बताए ।

उनले महोत्सव सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल घर्तीको संयोजकत्वमा १५१ सदस्यीय मूल समारोह समिति बनाएर काम गरिरहेको बताए । स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि बनेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक लिला बल्लभ भट्टराईले स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको र शैक्षिक व्यक्तित्व, दाता तथा स्थानीयको सहयोगमा स्वर्ण महोत्सव सम्पन्न गरिने बताए । शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल घर्ती जिसी, विद्यालयका सल्लाहकार मणि प्रसाद शर्मा, विद्यालयका सहायक प्रधानाध्यापक चिरन्जीवी रेग्मी, शिक्षक काशी निर्दोषलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?