ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

दुव्यर्सन नियन्त्रणमा प्रतिवद्धताको खाँचो

३ पुष २०८०, मंगलवार
३ पुष २०८०, मंगलवार

सामाजिक सञ्जालदेखि समाचारपत्र र अनलाईन समाचार पोर्टलहरू हरेक दिन लागूपदार्थका दुव्यर्सनीको कुनै न कुनै समाचारले स्थान पाएकै छन । लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ पर्नेदेखि दुव्यर्सनीहरूको कारण समाज नै बिसंगत हुन थालेको गुनासो नसुनिएको पनि दिन नै छैन । दुव्यर्सनले मानव जीवनलाई तहसनहस बनाउँदैछ । खासगरी युवाहरू दुव्यर्सनको लतमा परेका कारण समस्या बढिरहेको छ । लागूऔषधको अवैध ओसारपसार र दुव्यर्सनले आज हाम्रो घर, परिवार, समाज र देशलाई नै नराम्रोसँग गाँजिरहेको छ । सामान्यतया १३ वर्षदेखि १९ वर्षसम्मका युवाहरूमा कुलतको चक्र बढिरहेको छ जसका कारण उनीहरूले आफ्नो जीवन कष्टकर बनाइरहेका छन भने समाजलाई पनि विकृत वनाउन सहयोग पुयाएका छन ।

कुनै व्यक्तिलाई सधैँभरि लागूऔषध सेवन गरिरहनुपर्ने अवस्थाको सिर्जना हुनु र सेवन गर्ने व्यक्तिको मानसिक र शारीरिक अवस्थामा परिवर्तन आउने कार्य नै दुव्यर्सन हो । तसर्थ लागूऔषध कसैले पनि प्रयोग नगरौँ । प्रयोग गर्ने गरेको भए आजकै दिनबाट बन्द गरौँ । यो अभियान प्रहरीले सुरु गरेको बर्षौ भैसक्यो तर लागूऔषधको उत्पादन, ओसार–पसार, भण्डारण, खरिद–बिक्री तथा सेवनको काम बढिरहेको छ । सवैलाई थाहा छ– लागूऔषध दुव्यर्सनका कारणले मानिसको अकालमा ज्यान जान सक्छ, परिवार तहस–नहस हुन सक्छ तर पनि मानिस यसको लतमा पर्दै गएको छ । आजको युवालाई यसबाट टाढै राख्न सके समुन्नत समाज निर्माणमा सहयोग पुग्न सक्छ । अहिले घर परिवारमा तनाव बढ्दै जाँदा मानिसले तनाव कम गर्न लागूऔषधको सहारा लिने गरेको देखिएको छ । यो गलत हो । साथीभाइको करकाप, पारिवारिक समस्या तथा पढाइमा असफलताका कारणबाट लागूऔषधको प्रयोग बढेको देखिएको छ । सामान्य व्यक्तिलाई भन्दा लागूऔषधको प्रयोग गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर, स्नायु ग्रन्थीसम्बन्धी समस्या, मुटुसम्बन्धी रोग, कुपोषण, महिलालाई महिनावारीमा समस्या तथा विभिन्न श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने भएकोले यसबाट टाढै बस्नु जरुरी छ ।

सामाजिक सञ्जालमा भेट हुने साथीभाईको लहैलहैमा लागेर युवाहरू कुलतमा फसेको समेत पाइएकोले यसबाट जोगिनु र सुरक्षित हुनु आवश्यक छ । सोसल साईटकै माध्यमबाट हैरानी दिने, अरूको गोपनीयता भङ्ग गरिदिने, सोसल साइट ह्याक गरिदिने लगायतका काम भैरहेका छन र यसमा दुव्र्यसनीमा संलग्नहरू बढी संलग्न हुने गरेको देखिएकोले यसतर्फ सतर्क हुन जरुरी छ । अर्कोतर्फ दुव्र्यसनकै कारण विभिन्न प्रकारका अनलाइन गेममा संलग्न भई आफू र आफन्तजनको समय बर्बाद गर्ने, धन सम्पत्तिको बर्बादी गर्ने जस्ता काम समेत भैरहेको देखिएका छन । बुटवल, भैरहवा लगायत अहिले ग्रामिण क्षेत्रमा समेत लागूपदार्थ दुव्यर्सनीको संख्या बढिरहेकोले प्रहरी प्रशासनले यसतर्फ ध्यान दिनु जरुरी छ । खुला सीमा कारण लागूऔषध नेपाल ल्याउन सहज भैरहेकोले सीमा क्षेत्रमा समेत निगरानी जरुरी छ । जसरी नङ र मासुको सम्बन्ध प्रगाढ छ, त्यसरी नै जनता र प्रहरीबीचको सम्बन्धलाई मजबुत बनाउँदै लागू पदार्थको दुव्यर्सन रोक्नेतर्फ सवैको सार्थक पहलको खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?