ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गुरूङ हुँ म मिसेज गुरूङ माङीको उपाधि मोतिपुरकी रिमा क्रोम्जो गुरूङलाई

२ पुष २०८०, सोमबार
२ पुष २०८०, सोमबार

बुटवल, २ पुस ।

गुरूङ हुँ म मिसेज गुरूङ माङीको उपाधि मोतिपुरकी रिमा क्रोम्जो गुरूङले हात पारेकी छन् । रूपन्देही जिल्लाभित्रका १५ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

तमु ह्युल छोज धि गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगरको आयोजनामा भएको सो प्रतियोगितामा सम्झना गुरूङ फस्ट रनरअप भएकी छन् भने गौमाया गुरूङ सेकेन्ड रनरअप हुन सफल भएकी छन् । सो प्रतियोगितामा रूपन्देही जिल्लाभित्रका २७ वटा इकाईबाट गुरूङ आमाहरूले प्रतिष्पर्धा गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले गुरूङ समुदायका महिलाहरुलाई यसले प्रेरित गरेको बताइन् ।

उनले महिलाहरुको नेतृत्व विकासमा समेत यसबाट टेवा पुगेको भन्दै महिला समानतालाई समेत यसले उजागर गरेको बताइन् ।

अर्यालले नगरका हरेक समुदायको भाषा, कला, संस्कृति संरक्षणका लागि नगर सधै सकारात्मक रहेको बताउँदै यसका लागि बजेट पनि छुट्टयाएको प्रष्ट पारिन् ।

तमु ह्युल छोज धि गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति रूपन्देहीको संरक्षकत्व रहेको प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरूले फाइनल राउन्डको लागि प्रतिष्पर्धा गरेका थिए ।

गत महिनादेखि सुरु भएको प्रतिष्पर्धाको फाइनल राउन्डमा निर्णायकहरू धनबहादुर गुरूङ, मनु गुरूङ र ठाकुर जंग गुरूङ रहेको परिषद्ले जनाएको छ ।

कार्यक्रममा परिषदका उपाध्यक्ष वीर बहादुर गुरूङले नेपाल भौगोलिक र सांस्कृतिक रुपले सम्पन्न भएको बताउँदै सबै जातजातिको आ आफ्नै विशेषता र संस्कृति रहेको बताएका थिए ।

कार्यक्रममा झपट बहादुर गुरुङ्ग, विमला गुरुङ, माङी अध्यक्ष जुनमाया गुरुङ, रस बहादुर गुरुङ्ग, मनिराज गुरुङलगायतले पनि आ आफ्नो धारणा राखेका थिए ।

त्यस्तै तमु ह्युल छोज धि गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समिति बुटवल रूपन्देही अध्यक्ष उमा गुरूङले यस्ता कार्यक्रमले संस्कति संरक्षण हुने बताइन् भने कार्यक्रमको संयोजन सुन्दर गुरूङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?