© २०२३
सुर्खेत, १ पुस ।
पीडितलाई क्षतिपूर्तिको माग गर्दै सुर्खेतको वीरेन्द्रनगर स्थित धुलियाविटमा टायर बाल्दै सडक अवरुद्ध पारिएको छ । दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको भन्दै मृतकका आफन्तले सडक अवरुद्ध पारेका हुन् । दुर्घटनामा वीरेन्द्रनगर वडा नम्वर ११ का २६ बर्षीय मोटरसाईकल चालक मनोज सुनारको मृत्यु भएको थियो ।
हिजो राति सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको युनाईटेड एजुकेशन एकेडेमी नेपालगञ्जको शैक्षिक भ्रमणमा आएको भे १ क ११२२ नम्बरको बसले विपरित दिशाबाट आईरहेको भे ३ प ९७४० नम्बरको मोटरसाईकलले ठक्कर दिँदा २६ वर्षीय मोटरसाईकल चालक सुनारको मृत्यु भएको हो । मृतकका आफन्तहरुले अहिले वीरेन्द्रनगरको धुलियाबिटमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएपछि यात्रुहरुलाई भने सास्ती भएको छ ।