© २०२३
सुर्खेत, २९ मंसिर ।
कर्णालीमा नेपाल प्रहरी श्रीमती संघको प्रदेश कार्यालय स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतमा संघको प्रदेश कार्यालयको स्थापना गरिएको हो । प्रदेश कार्यालयको नेपाल प्रहरी श्रीमती संघका केन्दीय अध्यक्ष लक्ष्मी कुँवरद्वारा उद्घाटन गरिएको हो । कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष कुँवरले नेपाल प्रहरी श्रीमती संघले कर्णाली प्रदेशमा मानव सेवाका काम गरेको जानकारी गराउँदै आगामी दिनमा यस्ता कामहरुले निरन्तरता पाउने र थप परिस्कृत तथा रचनात्मक कार्यहरु गर्दै जानेमा विश्वस्त रहेको बताइन् ।
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष विन्दु ढकालले कार्यालयको स्थापना पश्चात थप सशक्त भएर आगामी दिनमा कार्यक्रमहरु गर्दै जाने बताईन । कर्णाली प्रदेशमा अझै पनि श्रीमती संघले थुप्रै कार्यक्रमहरु आयोजना गर्ने उद्देश्य लिएकोले यसमा पनि सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको उनको भनाई छ ।
नेपाल प्रहरी श्रीमती संघको आयोजना र कर्णाली प्रदेश प्रहरी श्रीमती संघको समन्वयमा जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट प्रभावितहरुलाई राहात वितरण, दैलेखको राउटे बस्तीमा स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण गरिएको थियो । त्यसैगरी देउती बज्यै सरसफाई, मानव सेवा आश्रममा सहयोग वितरण, नेपाल पुलिस स्कुल सुर्खेतमा छात्रवृत्ति तथा शैक्षिक सामग्री हस्तान्तरण लगायतका कार्यक्रमहरु गरिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी