© २०२३
सुर्खेत, २७ मंसिर ।
नेपाल प्रहरी श्रीमती संघले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरुलाई राहत वितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय कार्यालयको आयोजना र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको समन्वयमा उक्त राहत सामग्री वितरण गरिएको हो ।
जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ राउत गाउँमा रहेका भूकम्प पीडित ४२ जना सुत्केरी महिला, ५० जना विद्यार्थी, ३१ जना मृतकका आफन्त र ४ जना जेष्ठ नागरिक सहित १ सय २७ घर परिवारलाई राहात सामग्री हस्तान्तरण गरिएको हो । यस्तै रुकुम पश्चिम आठबिसकोट नगरपालिका १४ छेपारेका ४२ जना मृतकका २८ जना घरपरिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी स्विटर, एक्वाबक्स र भूकम्पबाट पीडित भएका विद्यार्थीहरूको लागि झोला, कापी र कलम सहितका राहत सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर लगायतका पदाधिकारीहरु भूकम्प प्रभावित ठाउँमा पुगेर राहत सामग्री हस्तान्तरण गरेका छन् । नेपाल प्रहरी श्रीमती सघको केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले जाजरकोट र रूकुम पश्चिममा स्थलगत रूपमा उपस्थित भएर वितरण गरिएको राहतले आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुने बताउँदै यस्तो विपद्को समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिइन् । सेवाभावले अग्र पंक्तिमा सधै अग्रसर भईरहने र संघले सदैव पीडामा परेका नागरिकहरूलाई जुनसुकै परिस्थितिमा पनि सेवा प्रदान गर्नको लागि अहोरात्र खटिरहेको बताइन । भूकम्प पीडित परिवारहरूलाई तत्काल राहत प्रदान गर्नको लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट रू ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ उपलब्ध गराईसकेको उनले बताइन् ।
राहत वितरण कार्यक्रममा केन्द्रीय कार्यसमिति सल्लाहकार निलम कडायत, सहकोषाध्यक्ष कमला खनाल, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष बिन्दु अधिकारी ढकाललगायतको सहभागिता थियो । त्यसैगरी कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखको सहभागितामा उक्त राहत सामग्री वितरण गरिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी