ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

भूकम्प प्रभावित क्षेत्रमा पहिलो चरणको स्वास्थ्य शिविर सम्पन्न

२६ मंसिर २०८०, मंगलवार
२६ मंसिर २०८०, मंगलवार

दाङ, २६ मंसिर ।

भूकम्पबाट प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा बृहत प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न गएको नेपाल परिवार नियोजन संघ दाङको टोलीले पहिलो चरणमा १५ स्थानबाट २ हजार ४ सय बढी प्रभावितलाई सेवा दिएको छ ।

गत मंसिर ११ गते भेरी नगरपालिका जाजरकोटको समन्वयमा भेरी नगरपालिका वडा नम्बर ४ बोहोरा गाउँबाट वृहत प्रजनन् स्वास्थ्य शिविर शुरु गरेको टोलीले सोमबार पहिलो चरणको अभियान सम्पन्न गरेको छ ।

नेपाल परिवार नियोजन संघको आयोजना, आईपिपिएफ स्प्रीन्ट परियोजनाको सहयोगमा यसबीचमा भेरी नगरपालिका, नलगाड नगरपालिका बारेकोट गाउँपालिका जाजरकोट तथा आठबिसकोट नगरपालिका रुकुम पश्चिमको व्यवस्थापनमा भूकम्पले अति प्रभावित १५ स्थानमा पहिलो चरणको बृहत प्रजनन स्वास्थ्य शिविर संचालन गरीसेवा प्रदान गरिएको छ ।

शिविर संचालनबाट महिला २ हजार ६२ र पुरुष ३ सय ४० गरि जम्मा २ हजार ४ सय २ जनाले सेवा प्राप्त गरेका छन् । शिविरका साथै नेपाल परिवार नियोजन संघले भूकम्प प्रभावित समुदायका व्यक्ति तथा विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य सरसफाई लगायत स्वास्थ्य सम्बन्धि ३६ वटा सचेतना मुलक कार्यक्रममार्फत १ हजार २५ जनालाई सचेतिकरण समेत गरेको नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रवन्धक वसन्त खनालले जानकारी दिए ।

शिविर भेरी नगरपालिकाको बोहोरा गाउँ, स्याला, बाहुनथाना, पिपेगाउँ, नलगाड नगरपालिकाको अनापानी, कैना सिर्के, दल्लि, बारेकोट गाउँपालिकाको सक्ला सेपुखोला, लिम्सा र रामिडाँडा तथा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको डाँडागाउँ, गाउँबारी, बार्खु र घेत्मामा गरिएको थियो ।

विपतको समयमा प्रजनन स्वास्थ्य सेवाको बढी आवश्यकता हुने हँुदा शिविर आयोजना गरिएको र शिविरबाट लैङ्गिक हिंसा, गर्भवति महिला, सुत्केरी महिला, किशोरकिशोरीलाई प्रजनन् स्वास्थ्य सम्बन्धि सेवा र परामर्श, यौन रोग तथा एचआइभी एड्स सम्बन्धि परामर्श तथा उपचार सेवा, परिवार नियोजन सेवा, पाठेघर मुखको क्यान्सरको स्क्रिनिङ सेवा लगायत विभिन्न सेवाहरु प्रदान गरिएको शाखा प्रबन्धक खनालले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रका लक्षित समुदायलाई ४८ पटक शिविर आयोजना गरेर स्वास्थ्य सेवा प्रदान गर्ने गरी दाङबाट स्वास्थ्यकर्मीको टोली सो क्षेत्रमा पुगेको हो । नेपाल परिवार नियोजन संघका परियोजना प्रमुख डा. ओम महर्जनका अनुसार भूकम्पबाट अति प्रभावित क्षेत्रहरु जाजरकोटको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र सानीभेरी नगरपालिकाका ३३ स्थानमा अझै शिविर सन्चालन हुने उनले बताए ।

शिविरमा नेपाल परिवार नियोजन संघबाट स्त्री रोग विशेषज्ञ डा. हेमा छन्त्यालको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलिले सेवा प्रदान गरिरहेको छ । गत कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ । यसबाट धेरै घाईते हुनुका साथै घरबार विहीन बनेका छन् । जसका कारण प्रभावितहरुलाई स्वास्थ्य सेवाका साथै परामर्शको आवश्यकता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?