© २०२३
बुटवल,२१ मंसिर । अमेरिकाको लस भेगास विश्वविद्यालयमा बुधबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटनामा एक संदिग्धको पनि मृत्यु भएको छ।
युनिभर्सिटी अफ नेभाडा, लास भेगासमा भएको घटना, जुवाको हबको पर्यटकले भरिपूर्ण लस भेगास स्ट्रिपबाट केही दूरी भएको थियो। त्यहाँको प्रहरीले भनेको छ, ‘हामीसँग स्थानीय अस्पतालमा तीन जना मृतक र एक थप पीडित गम्भीर अवस्थामा छन्।’
गोली काण्डपछि विश्वविद्यालय खाली गरिएको छ। यस क्षेत्रका विश्वविद्यालय बन्द गरिएको छ। नजिकैको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोकिएको त्यहाँको प्रशासनले जनाएको छ।
लास भेगास एक जुवाको अखडा र मनोरन्जन केन्द्र हो। त्यहाँ हरेक वर्ष लाखौंको संख्यामा पर्यटक पुग्ने गरेका छन्।
अमेरिकामा सामूहिक गोलीबारी डरलाग्दो घटना हुने गरेको छ। यस वर्ष ६ सयभन्दा बढी सामूहिक गोलीबारी भएको तथ्यांक छ। अमेरिकामा बन्दूक राख्ने कानून परिवर्तन गर्न व्यापक दबाब बढिरहेको छ।