ट्रेंडिंग:

>> दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो >> बालबालिकाका लागि खोप निःशुल्क उपलब्ध गराउन स्वास्थ्यमन्त्रीको विश्व समुदायसँग आग्रह >> दशैँ बिदापछिको पहिलो दिन शेयर बजार ३१ अङ्कले बढ्यो >> उपप्रमुख हुँदाहुदै हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी >> नीजि लगानीको नमुना अस्पताल बुटवल हस्पिटल —पुर्वमन्त्री खांण >> जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ >> विश्व हात धुने दिवस २०२४ मा सहभागी बनौं, संक्रमणबाट बचौं >> घर पालुवा कुकुरमाथि लगाएको करबाट रेकर्ड कमाई गर्दै जर्मनी >> दशैको बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने >> तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> पुर्वी नवलपरासीमा ३२८ सवारी दुर्घटना ४३ जनाले ज्यान गुमाए >> भारतीय वन रक्षकको गोली प्रहारबाट नेपाली घाइते >> दाङमा पानीमा डुबेर एक जनाको मृत्यु >> महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा >> ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ >> फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने >> देशका अधिकांश भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव >> जयवर्धने पुन: मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक >> एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण >> जुवा खेल्दै गरेका पाँच जना पक्राउ >> भारतलाई हराउदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा >> दशैको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी >> गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै >> एक्सरसाइज क्याम्ब्रियन गश्ती २०२४ मा नेपाली सेनालाई स्वर्ण पदक >> लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते >> अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा >> श्रीलंकामा चर्चित प्रकरणको पुन: छानबिन हुने >> बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस >> बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो >> भारतको राष्ट्रवादी कंग्रेस पार्टीका नेता बाबा सिद्दिकीको हत्या >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> दसैंको दोस्रो दिन : मान्यजनबाट टीका र जमरा लगाउने क्रम आज पनि जारी >> राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण >> प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण >> हराए तानसेनका ऐतिहासिक धरोहर  >> विजयादशमी पर्वमा मुख्यमन्त्रीको शुभकामना >> दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन : प्रधानमन्त्री >> कुन देशमा कति बजे छ विजयादशमीको साइत ? >> बडादसैँको मुख्यदिन आज, टीकाको साइत बिहान ११: ३६ बजे >> गुल्मीमा जिप दुर्घटना हुँदा १४ घाइते, तीनको अवस्था गम्भीर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड

नागरिक उडड्यन दिवस, नेपाल कहिले हट्ने कालोसूचीबाट ?

२१ मंसिर २०८०, बिहीबार
२१ मंसिर २०८०, बिहीबार

आज अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस । अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस मनाईरहँदा युरोपियन युनियनले नेपाललाई अझै कालोसूचीबाट हटाएको छैन । यो गंभीर चिन्ताको कुरा हो । यसबाट के देखिन्छ भने नेपालले आफ्नो आकास अझै सुरक्षित बनाउन सकेको छैन । नेपालको उडड्यन क्षेत्रको इतिहासका लागि यो दुःखको कुरा हो । निश्चितरुपमा नेपालको उडड्यन क्षेत्र सुरक्षित नरहेको नेपालमा भैरहेका विमान दुर्घटनाका घटनाले स्पष्ट गरिरहेका छन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियन युनियन (ईयू) ले कालोसूचीबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ । त्यो मात्रै होइन नीजि क्षेत्रबाट सञ्चालित वायु सेवा कम्पनीहरुले समेत नेपालको आकासलाई सुरक्षित वनाउन नसक्नु चिन्ताको कुरा हो । अहिले धेरै हवाईजहाज उडिरहँदा बीचमै इञ्जिनमा खराबी आएर गन्तब्यमा नपुगी फर्काउनु परेको अवस्था छ । हरेक बर्ष नेपालमा साना ठूलो हवाई दुर्घटना भैरहेका छन । हवाई दुर्घटनाका कारण निदोष यात्रुले ज्यान गुमाउन बाध्य भैरहेका छन । अर्कोतर्फ सार्वजनिक सवारीका साधनजस्तै नेपालमा हवाई क्षेत्रमा पनि गंभीर लापरवाही हुने गरेको विदितै छ । नीजि बायुसेवा कम्पनीहरुले बर्षौ पुराना र विदेशमा मापदण्ड पूरा गर्न नसकेका जहाज नेपालमा उडाईरहेका छन । सरकार यो बिषयमा रमित बनेको छ । विदेशमा फेल भएका अर्थात उडान सुरक्षित अवस्था पार गरेका जहाज नेपालमा चलाउनु गंभीर लापरवाही हो ।

दुई बर्ष अघि पोखरामा भएको यति जहाज दुर्घटनाको कारणमा विदेशमा धेरै कम्पनीले चलाएर फेलियर भएको जहाज नेपालमा चलाएको पुष्टी भएको थियो । त्यसैगरी केही दुर्घटनाका पछि नेपालको भौगोलिक अवस्थालाई पनि कारण मान्ने गरिएको छ । यस्तो अवस्थामा इयुले नेपाललाई कालोसूचीबाट हटाउने संभावना कम छ । नेपाल सरकारले यो बिषयमा पहलकदमी लिनु जरुरी छ । ईयूले २९ नोभेम्बर २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको हवाई उडानको क्षेत्रलाई फेरि पनि कालोसूचीमा राखिएको उल्लेख गरिएको छ । नेपालको हवाई यात्रालाई सुरक्षित बनाउने हो भने पुराना जहाज विस्थापन गर्नु जरुरी छ । विदेशी पर्यटक अहिले नेपालमा हवाई यात्रा गर्न चाहँदैनन् कारण हो– नेपालको हवाई असुरक्षित हुनु । पर्यटकलाई समेत नेपालले आफ्नो आकास सुरक्षित छ भन्ने ग्यारेन्टी गर्न नसक्नुका पछि पुराना जहाज प्रमुख कारण हो । नेपालमा २० बर्ष पुराना जहाज उडिरहेका छन । त्यसमा पनि धेरै इञ्जिन फेल भैसकेका हवाई छन । नेपाल बायु सेवाको भन्दापनि नीजि क्षेत्रका विमान पुराना छन । दुर्घटना पनि नीजि क्षेत्रका विमान धेरै भैरहेका छन । अतः नागरिक उडड्यन दिवसकै अवसरमा नेपाल सरकारले आफ्नो हवाई आकास र उडान सुरक्षित वनाउने हो भने पुराना जहाज विस्थापनको पहल गर्नैपर्दछ । असुरक्षाकै कारण यात्रुहरु नेपाली जहाज चढ्न नखोज्नु गंभीर चिन्ताको बिषय हो । आखिर यही अवस्थामा नेपालको आकास कहिले सुरक्षित हुन्छ ? नेपाल इयुको कालोसूचिबाट कहिले हट्छ ? उत्तर अनुत्तरित छ । तसर्थ अव सरकारले उडड्यन क्षेत्रमा सुधारका लागि बिशेष पहल गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?