© २०२३
काठमाण्डौ, १९ मंसिर । जिल्ला अदालत काठमाडौंले ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भने संघर्षका कार्यक्रम घोषणा गरेका छन् । काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार पक्राउ पुर्जी जारी गरिएको विप्लवको ठहर छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता, प्रकाण्ड सी पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गर्ने अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको संघर्षको कार्यक्रम घोषणापत्रमा भनिएको छ ।
राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्र्सना साथै यस्ता वितण्डावादी कार्य रोक्नुपर्ने माग गरिएको छ ।