© २०२३
नवलपुर, १७ मंसिर ।
नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिामा गएराती घरमै बसिरहेका बाबुुको छोराले हत्या गरेका छन् ।
बाबु र छोराको सामान्य विवाद भए पछि घरका परिवार र गाउँलेले दुवैलाई सम्झाएर राखे पनि पछि रिसको आवेगमा पुन छोराले सुतिरहेका बाबुलाई हिर्काउँदा बाबुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
मध्यबिन्दु १० अरुणखोलाको टाँडीमा ६० वर्षीय होमबहादुर दराईको उनकै छोरा रुपेश दराईले कुचोको डाँठले जोडले हिर्काउँदा सख्त घाईते भै मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा गए राति नै ज्यान गएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
प्रहरीले हत्या गरेको आरोपमा मध्यविन्दु नगरपालिका–१०, टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
रूपेशले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका थिए । उनको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।