© २०२३
नवलपुर, १५ मसिर ।
पूर्वी नवलपरासीमा तीन बर्ष यताको तुलनामा यो वर्ष एचआईभी एडस् संक्रमितको संख्यामा कमी आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत बर्ष १९० संक्रमितहरु रहेकोमा यो बर्ष १२० जना संक्रमितहरु रहेका छन् । यो बर्ष जिल्लामा पाँच जना संक्रमितको मृत्यु भएको छ भने ती पाँचै जना मृतकहरू औषधी सेवन गरिरहेका जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका फोकल पर्सन डिल्लीराम तिवारीले बताए ।
एचआईभी सर्ने मुख्यतः तीनवटा कारणहरू छन् । जसमा असुरक्षित यौन सम्पर्क, रगत र रगतजन्य पदार्थको सम्पर्क तथा संक्रमित आमाबाट बच्चामा सर्ने रहेका छन । एचआईभीको उपचार नगरिएको खण्डमा यसबाट संक्रमित भएपछि एड्सको अवस्थासम्म पुग्न कसैलाई केही महिना लाग्छ भने कसैलाई १० देखि १५ बर्ष सम्ममा पनि देखा पर्ने कार्यालयका प्रमुख केशब प्रसाद चापागाँईले बताए ।
जिल्लामा हालसम्म १२० जना एचआईभी संक्रमित मध्ये ६५ पुरूष र ५५ महिला रहेका छन् । पाँच देखि १४ बर्षसम्मका दुई बालबालिका समेत यसको शिकार भएका छन ्। संक्रमितहरूमध्ये ५१ पुरूष र ४८ महिला सहित ९९ जना निरन्तर औषधी खाईरहेका छन् ।
पाँच पुरूष र चार महिला सहित नौ जना नवलपुरबाट आफ्नै जिल्ला गैसकेका छन् र हाल सम्पर्कमा छैनन् भने पाँच जना पुरूषहरू औषधी सेवन गर्न छाडेका छन् । गत आवमा मात्रै १३ जना नयाँ संक्रमित थपिएको तिवारीले बताएका छन् ।
नवलपरासमिा २०६० साल देखि एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाहरु मार्फत संकलन गरिएको तथ्यांकमा हालसम्म जिल्लामा सम्पर्कमा आएका यो बर्ष १२० जना संक्रमित रहेको लुुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेलले बताईन् ।
एचआईभी संक्रमित भएका मध्ये गत २०७२ देखि २०७८ सम्ममा ८७ जनाको मृत्यु भएको छ भने २०६२ यता मात्रै संक्रमित मध्ये १९० को मृत्यु भएको जनाईएको छ ।
जिल्लामा एचआईभी एड्सबारे चेतना फैलाउने संस्थाहरु धेरै भए पनि यसको क्षेत्रमा लुम्बिनी प्लसले यो क्षेत्रमा अहिले सम्म प्रभावकारी रुपमा काम अगाडि बढाईरहेको र एच.आई.भी एड्सको क्षेत्रमा चेतना मूलक कामका लागि सबै भन्दा उदाहरणीय संस्थाका रुपमा रहेको संस्थाकी अध्यक्ष पौडेलले बताईन ।