ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

स्वास्थ्य सेवा प्रवाहमा युनिभर्सल मेडिकल कलेजलाई ‘उत्कृष्ट’ सम्मान

१३ मंसिर २०८०, बुधबार
१३ मंसिर २०८०, बुधबार

भैरहवा, १३ मंसिर ।

स्वास्थ्य सेवा प्रवाहमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (शिक्षण अस्पताल भैरहवा) लाई ‘उत्कृष्ट’ सम्मान प्रदान गरिएको छ ।

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको ‘छैठोै सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा लुम्बिनी प्रदेश अन्तर्गत कोषमा सुचीकृत योगदानकर्ताहरुलाई स्वास्थ्य सेवा प्रवाहको आधारमा यस युसिएमएस, शिक्षण अस्पताल, भैरहवालाई ‘उत्कृष्ट’ सम्मान प्रदान गरेको हो । सो सम्मान पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसलाई प्रदान गरिएको थियो ।

अस्पतालले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजना अन्तर्गत औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना अनुरुप गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार सेवा प्रदान गर्न कटिबद्ध रहेको उल्लेख गरेको छ ।

२०७९ वैशाख १४ गतेबाट यस अस्पतालमा नेपाल सरकारको सामाजिक सुरक्षा कोष अन्तर्गत स्वास्थ्य सेवा सुचारु भए पश्चात हाल सम्म आकस्मिक सेवा इमर्जेन्सीबाट कुल २३७ र बहिरगं सेवा ओपिडीबाट कुल ४ हजार ५२७ जना गरी जम्मा ४ हजार ७६४ जना श्रमिकहरुले अस्पतालको स्वास्थ्य सेवाबाट लाभन्वित भएका छन् । जसबाट यस अस्पतालले सामाजिक सुरक्षा कोषबाट हालसम्म करिब १ करोड ५३ लाख २ सय ५० रुपियाँ उपचार बापत प्राप्त गरेको युसिएमएस प्रशासनले जनाएको छ ।

शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा वि.सं. २०५४ सालमा स्थापना भई स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?