© २०२३
स्याङ्जा ।
लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट कैद सजाय पाएका फरार प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । गुुल्मीको कालीगण्डकी गाउँपालिका–२ घर भई हाल स्याङ्जाको फेदीखोला गाउँपालिका–२ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
जिल्ला अदालत स्याङ्जाले मगरलाई २०७६ असार १ गते ५ बर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेका थियो । मंगलबार प्रहरीले उनलाई कैद सजाय भुक्तानका लागि जिल्ला कारागार पठाएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।