© २०२३
बुटवल, १० मंसिर । रुरुक्षेत्र गाउँपालिकाको मुख्य सहयोगमा नेवाः देय दबु गुल्मीको आयोजना गरेको प्रदेशस्तरियर लाखे नाच प्रतियोगीतमा बुटवलको समुह प्रथम भएको छ । गुल्मीको रानीवासमा भएको प्रतियोगितामा नेवाः सस्कृतिक संरक्षण समाज बुटवल ११, देविनगरमा प्रथम हुदै ५० हजार १ रुपैयाँबाट पुरस्कृत भएको हो । यस्तै टक्सार काल भैरव लाखे नृत्य तानेसन पाल्पा द्धितिय र नेवाः जातिय भाषा पुच रुरुक्षेत्र १ तृतिय भएका छन । द्धितियले नगद ३५ हजार १ रुपैयाँ, तृतियले २० हजार १ रुपैयाँ प्रदान गरिएको सचिव श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विजेता समुहलाई रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली, प्रदेश पुर्व सांसद कमलराज श्रेष्ठ, नेवाः दयदबू केन्द्रीय सदस्य लोकहरी श्रेष्ठ, नेवा देय दबू प्रदेश अध्यक्ष विजुला जोशीले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले सस्कृति संरक्षण गर्ने एउटा अभियानका रुपमा लाखे नाच कार्यक्रमलाई विशेष महत्वको साथ आयोजना गरेको बताए । नेवाः देय दवू , गुल्मीका अध्यक्ष तिर्थ श्रेष्ठले प्रदेशस्तरिय प्रतियोगितामा उत्साहजनक रुपमा समुहहरुको सहभागीता रहेको बताएका थिए ।