© २०२३
सुर्खेत, ७ मंसिर ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा अस्थायी केन्द्रहरु स्थापना गरी पठनपाठनको काम सुरुवात गरिएको छ । भूकम्पका कारण विद्यालय भवनमा क्षति पु¥याएपछि त्रिपालमा अस्थायी सिकाइ केन्द्र स्थापना गरी बालबालिकाको पठनपाठन सुरु गरिएको हो ।
हाल जिल्लाभरमा कूल दुई सय १३ वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरिएको छ । उक्त सिकाइ केन्द्र स्थापना भएर पठनपाठनको काम पनि सुरु गरिएको छ । कुनै स्थानहरुमा सिकाई केन्द्र निर्माणको क्रममा रहे पनि पठनपाठन भने जिल्लाभर नै सुरु भइसकेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिए ।
भूकम्पले बढी प्रभावित पारेको आठविसकोट नगरपालिकामा एक सय ३९ र सानीभेरी गाउँपालिकामा ७४ सिकाइ केन्द्र स्थापना गरिएको छ । भूकम्पले आठविसकोटका ६४ विद्यालयमध्ये ५३ मा क्षति पु¥याएको छ । जसमा दुई सय ५२ वटा कक्षाकोठा र ७६ वटा शौचालयमा क्षति पुगेको छ । उक्त पालिकामा नौ हजार आठ सय ४७ विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । एघार विद्यार्थीको मृत्यु भएको छ भने एक जना कार्यालय सहयोगीको पनि भूकम्पमा परी मृत्यु भएको छ ।
नगरपालिकाका अधिकांश ठाउँमा पठनपाठन सुरु भएपनि केही ठाउँमा अस्थायी सिकाइ केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेकाले तत्काल पठनपाठन सुरु हुने पुनले जानकारी दिए । भूकम्पले शैक्षिक सामग्रीमा क्षति पुगेकाले आवश्यक सामग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि उक्त क्षेत्रका विद्यालयहरुमा क्षति पुगेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी