ट्रेंडिंग:

>> सिक्टा सिंचाइः किसानलाई देखाउने दाँत >> तस्करले छाडेनन तुरियाखोला >> होटल ब्यवसायी, क्याटरिङ, उद्योग संघ र ब्यापार संघ अन्तिम चारमा >> आजको मौसमः तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना >> न्यायलयले न्याय मारेर घुस लिएको भन्दै नाराबाजी >> नवलपुरमा दसैँ मेला लाग्ने >> लुम्बिनीमा पारित भयो स्थानीय सेवाको गठन सम्वन्धी विधेयक >> ३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा >> प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेपछि महासंघको विरोध >> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर >> जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने >> मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी >> गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनायो >> होटेल ब्यवसायी संघ र ब्यापार संघ विजयी शुरुवात >> पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकहरुको सहयोग आवश्यक- मन्त्री पाण्डे >> ५० प्रतिशत महिला सहभागिताको माग >> संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण थियो- प्रधानमन्त्री ओली >> कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ- प्रधानमन्त्री ओली

निःशुल्क मधुमेह र मृगौला परीक्षणः मानव मृत्युको प्रमुख कारण बन्दै ‘नसर्ने रोग’

७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

बुटवल, ७ मंसिर ।

विश्वभर नै धेरै मानव मृत्यु हुने कारणका रुपमा नसर्ने रोग कारण बनेको छ । नेपाल पनि यसबाट अछुतो छैन । स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा वर्सेनि नसर्ने रोगका कारण ४२ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । अस्पताल पुग्ने विरामीमध्ये करिब ८१.५ प्रतिशत तथा ती मध्ये अन्तरंग सेवा लिने ८८ प्रतिशतलाई नसर्ने रोगको समस्या छ । नेपालमा दम, मुुटु, मृगौला, मधुमेह, पक्षघात, क्यान्सर लगायतका नसर्ने रोगको जोखिम बढ्दो छ ।

विश्व मधुमेह दिवसको अवसरमा केन सेन्टरले बुटवलमा सचेतना जगाउने उद्देश्यका साथ निःशुल्क स्वस्थ्य परीक्षण तथा अभिमुखिकरण चलाएको छ । चेन होटल पौवाको सहकार्यमा केन सेन्टरले मंगलबार र बुधबार (दुई दिने) मधुमेह र मृगौला सम्बन्धी निःशुल्क रगत र पिसाव जाँच गरेको छ । पौवाको योगीकुटी शाखामा संचालन गरिएको शिविरमा तिलोत्तमाका २ सय ३२ जना स्थानीयले सेवा लिएकामध्ये १४ प्रतिशतमा मधुमेह देखिएको केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतीले बताए ।

कक्षपतीका अनुसार त्यसमध्येमा पनि मधुमेह संक्रमितसंगै २ प्रतिशतमा मृगौलामा सामान्य असर देखिएको छ । पछिल्लो समय नेपालीको प्रत्येक घरमा दीर्घरोगका रुपमा मधुमेह र उच्च रक्तचापका बिरामी बढेको तथ्यांकबाट प्रष्ट हुने उनको दाबी छ । ४० वर्ष माथिका व्यक्तिहरुमा सामान्य मधुमेह मात्रा देखिएको समयमा सही परामर्श र जीवनशैली व्यवस्थापन गर्न सके पूर्ण निमन्त्रण हुने उनले बताए । बिगत दुई दशकदेखि मधुमेह र मृगौला रोगबारे अभियान चलाएका कक्षपतीले तिलोत्तमामा मधुमेह र मृगौला बिरामीको संख्या धेरै देखिएको भन्दै समयमा नै नियन्त्रण नगरिए परिवारको स्वास्थ्यमा धेरै पैसा र समय सकिने चेतावनी दिए ।

यता होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले संस्थागत रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको बताए । होटलका ग्राहकका साथै छरछिमेकीहरुलाई समेत स्वास्थ्य सचेतना र सेवा दिएर अभियानलाई अघि बढाएको बताए । समयमा नै रोग पहिचान गरी ठूलो क्षति रोक्न सकिने हँुदा यस्तो अभियान जरुरी रहेको भन्दै उनले आगामी दिनहरुमा सहकार्य गर्दै जाने बताए ।

करिब २० वर्ष पहिले नेपालमा सर्ने रोगको संख्या ७० प्रतिशत र नसर्ने रोगको संख्या ३० प्रतिशत रहेकोमा यो संख्या बढेर हाल ६० प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?