© २०२३
सल्यान, ४ मंसिर ।
सल्यान छत्रेश्वरी–२ को दहखोला स्थित चमेरे गुफा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण कार्य सुरु भएको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै जान थालेपछि रुपान्तरण युवा क्लवले शौचालयको आवश्यकता महसुस गरी निर्माण कार्य सुरु गरेको हो । जस्ता पाताको छाना लगाएर प्रयोग गर्न मिल्ने शौचालय निर्माण कार्य सुरु भएको जनाउँदै क्लवका अध्यक्ष विशाल पुन मगरले करिव ८० हजार रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
उनका अनुसार क्लवले सार्वजनिक शौचालय निर्माणका लागि आफ्नो कोषमा रहेको २० हजार रुपैयाँ लगानी गर्नेछ । अन्य रकम संकलनको लागि जुटेको क्लवलाई शौचालय निर्माणको लागि गैरआवासीय नेपाली संघ, राष्ट्रि«य समन्वय परिषद् माल्टाका सल्लाहकार हरि विसीबाट २५ हजार रुपैयाँ सहयोग घोषणा भएको क्लवका अध्यक्ष पुनमगरले जानकारी दिए । यही मंसिर महिना सम्म शौचालय निर्माण सक्ने गरी आफुहरु लागि परेको उनको भनाई छ ।
शौचालय शिलान्यास गर्दै छत्रेश्वरी २ का वडा अध्यक्ष प्रेम नेपालीले सामाजिक काममा क्लव र युवाहरुको सक्रियता महत्वपूर्ण रहेको भन्दै शौचालय निर्माणका लागि आफुले पनि सक्दो सहयोगको प्रतिवद्धता जनाएका थिए । २०७८ सालमा स्थापना भएको रुपान्तरण युवा क्लवले विभिन्न सामाजिक काममा सक्रिया देखाउँदै आएको छ ।
केही दिन अघि मात्रै क्लवका सदस्यहरुले स्थानीय मोटरबाटो मर्मत सम्भारमा दुई दिन श्रमदान गरेका थिए । ओझेलमा परेको चमेरे गुफाको प्रचारप्रसार र संरक्षण तथा विकासको लागि सबैको सहयोगको अपेक्षा गरिएको क्लवका अध्यक्ष पुन मगरले जनाए । प्राकृतिक रुपले मनोरम उक्त क्षेत्रमा विभिन्न स्थानबाट पिकनिकका लागि पनि मानिसहरु आउने गरेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी