© २०२३
सुर्खेत, ३ मंसिर ।
भूकम्प प्रभावित क्षेत्रमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले तीनहजार बढी स्वयंसेवक खटाउने भएको छ । माओवादी केन्द्रले पार्टी भित्रका तीन हजार एक सय भोलेन्टियर खटाउने जनाएको छ । हिजो बसेको कर्णाली प्रदेश विशेष रूपान्तरण अभियानको समीक्षात्मक बैठकले प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो । भुकम्प प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले अस्थायी आवास तथा पुनर्निर्माणको कामहरु गर्ने माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रभावित क्षेत्रमा खटिनेहरूले अस्थायी आवास तथा पुनर्निर्माण कार्यमा सहयोग गर्नेछन् । प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकहरु कर्णाली प्रदेशभित्रैबाट खटाइने केसीले जानकारी दिइन् । प्रत्येक जिल्लाहरुबाट टोली प्रभावित क्षेत्रमा परिचालन गरिने जनाइएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी