ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

ब्यापार प्रर्वद्धन र आर्थिक गतिविधि चलायमान गराउन बुटवलमा दीपावली महोत्सव

२५ कार्तिक २०८०, शनिबार
२५ कार्तिक २०८०, शनिबार

बुटवल, २५ कार्तिक । पछिल्लोसमय बुटवलको खस्किदो व्यापारलाई प्रर्वद्धन गर्ने र आर्थिक गतिबिधिलाई थप चलायमान गराउने उदेश्यका साथ दीपावली महोत्सव गरिएको छ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गरि बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा शनिबारदेखि तीन दिने ‘दीपावली महोत्सव–२०८०’ संचालन गरेको हो ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै बुटवलको विकास सबैको साझा विषय भएको बताए । चलनचल्तीमा रहेको व्यापार व्यवसायलाई आधुनिक परिवेश अनुसार परिमार्जित गरेर अगाडि बढ्न सुझाव दिदै उनले यसमा सबै क्षेत्रको सहकार्यमा आवश्यक रहेको बताए ।

कार्यक्रममा संघका अध्यक्ष हरीप्रसाद अर्यालले बुटवलको खस्किदो व्यापारलाई उठाउन गर्ने गरि आफु संस्थागत रुपमा लाग्ने प्रतिवद्धता जनाए । दीपावली महोत्सव त्यसैको एउटा पाटो भएका भन्दै वर्षभरि नै विविध रचनात्मक कार्यक्रमहरु अघि बढाउने उनले बताए ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीपावली महोत्सव मात्रै नभएर देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमलाई मौलिक बनाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष जीवनप्रसाद वझा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्ली भण्डारी, अमरपथ टोल विकास संस्थाका अध्यक्ष रामबहादुर रणपालले महोत्सवको सफलताको शुभकामना ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिका संरक्षक र बुटवलका वडा नं. ४, ५ र ६ प्रवद्र्धकको रुपमा रहेको महोत्सव तीन दिनसम्म सञ्चालन मेला महोत्सवका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले बताए । यो अवधिमा विशेष छुटमा सामानको विक्रि वितरण, नेपाली मौलिक तथा सांस्कृतिक खानाका परिकार र विविध सांस्कृतिक प्रस्तुती समेत रहने उनले बताए ।

बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गरेको दीपावली महोत्सव महेन्द्र पार्क देखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केट देखि ट्राफिकचोकसम्म सञ्चालन गरिएको छ । विभिन्न कलाकारहरुको दैनिक प्रस्तुती रहने संघका महासचिव मुक्ति अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?