© २०२३
सुर्खेत, २२ कात्तिक ।
रुकुमपश्चिमका साढे तीनहजार बढी परिवारहरूलाई राहत वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सात सय २० घरका तीनहजार सात सय ५२ परिवारलाई राहत वितरण गरिएको हो ।
सानोभेरी गाउँपालिकाको वडा नम्बर २ का एक सय ३३ घरका सात सय २८ परिवारलाई त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ । यस्तै चौरजहारी नगरपालिकाका वडा नम्बर १०, १२ र १४ मा दुई सय ८८ घरका एक हजार पाँच सय ११ परिवारलाई चामल, दाल, चिउरा, साबुन ब्लाङ्केट वितरण गरिएको छ ।
प्रहरीका अनुसार मुसिकोट नगरपालिकाको १३ र १४ नम्बर वडामा पनि राहत वितरण गरिएको छ । यहाँका ९४ घरका ४८४ परिवारलाई चामल, दाल, चिउरा, साबुन र ब्ल्याङ्केट वितरण गरिएको छ । यस्तै आठ बिसकोट नगरपालिकाका ९, १०, ११, १३ र १४ मा पनि एक सय ५५ घरका सात सय ४४ परिवारलाई चामल, दाल, नुन, तेल, त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ । यस्तै त्रिवेणी गाउँपालिकाको ९ नम्बर वडाका दुई सय ८५ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गएको शुक्रवारको भूकम्पका कारण रुकुम पश्चिम र जाजरकोटमा जनधनको क्षति भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी