© २०२३
सल्यान, २१ कात्तिक ।
प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारणमा रोक लगाएको सल्यानको शारदा नगरपालिकाले बजार अनुगमन गरेको छ । प्लाष्टिक माला विक्री वितरणको अवस्था बुझ्न सोमबार श्रीनगरमा बजार अनुमगनको क्रममा ६० थान प्लाष्टिक माला बरामद गरिएको नगरपालिकाले जनाएको छ ।
नगर उप प्रमुख सुस्मिता सापकोटाको अगुवाईमा भएको अनुगमनमा शितलपाटी प्रहरी, उद्योग वाणिज्य संघ र श्रीनगर बजार व्यवस्थापन समितिको सहभागिता रहेको थियो । स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि नगरपालिकाले प्लाष्टिकका फूलमालामा प्रतिबन्ध लगाएको छ ।
स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न प्राकृतिक फुल प्रयोग गर्न नगरपालिकाको आग्रह छ । वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने भएका कारण विभिन्न स्थानीय तहहरुले प्लास्टिक मालालाई प्रतिबन्ध गरेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी