© २०२३
सुर्खेत, २० कात्तिक ।
कर्णाली प्रदेश सरकारका मन्त्रीहरु भुकम्प प्रभावित क्षेत्रमा आ–आफ्नो जिम्मेवारी बाँडफाँड गरि अघि बढेका छन् । मन्त्रीपरिषद्को छलफलपश्चात मन्त्रीहरू आफ्नो तोकिएको क्षेत्रमा पुगेका छन् । भुकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत व्यवस्थापनलाई व्यवस्थित गराउनको लागि मन्त्रीहरु पनि भुकम्प प्रभावित क्षेत्रमा खटिएका छन् ।
मुख्यमन्त्री राजकुमार शर्मा सोमबार बिहानैदेखि प्रभावित क्षेत्रमै रहेका छन् । त्यस्तै अर्थमन्त्री बेदराज सिंह पनि जाजरकोटमा छन् । उनी शनिबार देखिनै जाजरकोटमा सक्रिय रहेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र सामाजिक विकास मन्त्री खड्ग पोखरेल सुर्खेतमा बसेर आवश्यक राहतको व्यवस्थापनदेखि आपूर्ति लगायतका कामहरू गर्नेछन् ।
जिसीले प्रदेशबाट गर्ने आवश्यक सामग्रीहरू एकद्वार प्रणालीमार्फत जिल्लाहरूमा पठाउने काममा । उनी शनिबारदेखि नै सुर्खेत विमानस्थलमा रहेर आपूर्तिको काम गरिरहेका छन् । कृषिमन्त्री भीमप्रकाश शर्मा रुकुमपश्चिम सल्यानमा खटिने भएका छन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाही भौतिक संरचनाको तथ्याङ्क संकलनदेखि अभिलेख राख्ने लगायतका कार्यमा सक्रिय हुने बताइएको छ । प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छुट्ट्याएको रकम अबको केही दिनभित्र पालिका पठाइने छ । जसका कारण पालिकाहरूले सहज रूपमा राहत सामग्रीखरिद गर्न सकिने सरकारका प्रवक्ता एवम् कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।
यस्तै ऊर्जा तथा जलस्रोत मन्त्री उर्मिला विश्वकर्मा पनि खानेपानीलगायतका विषयमा रहेर प्रभावित क्षेत्रमै खटिने भएकी छन् । उनी सोमबारदेखि जाजरकोटमा छिन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी