© २०२३
सुर्खेत, २० कात्तिक ।
भूकम्पमा परी घाइते भएकी एक गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालिएको छ । भेरी अस्पतालमा उपचाररत नलगाड गाउँपालिका–६, जाजरकोटको १९ वर्षीया गर्भवती महिला जमुना बुढामगरको पेटबाट मृत बच्चा निकालिएको हो । गर्भवती घाइते महिलाको स्वास्थ्य चेकजाँच गर्दा पेटभित्र आठ महिनाको गर्भ रहेको र पेटभित्रै बच्चा मृत अवस्थामा रहेको पाइएपछि औषधिमार्फत मृत बच्चालाई बाहिर निकालिएको छ ।
डा. नवीन बुढाथोकी र प्रसूतिकक्षका नर्सिङ टिमले उनको पेटमा रहेको आठ महिनाको पुरुष मृत बच्चालाई बाहिर निकाल्नका लागि औषधि सेवन गराई आइतबार साँझ ७ः२० बजेको समयमा सामान्य सुत्केरी गराइएको फोकल पर्सन श्रेष्ठले बताए । घाइते गर्भवती महिलाको बच्चा पेटबाट बाहिर निकाली सकिएपछि थप जाँच तथा उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । मृत बच्चाको सोमबार बिहान शव व्यवस्थापन गरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी