ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

बैंकर प्रकाशको देशभक्तिपूर्ण अपील : रेमिट्यान्सले मात्रै देश उंभो लाग्दैन, युवा पिंढीले आफ्नै देशमा भविष्य देख्न सक्ने अर्थतन्त्र बनाऔं

३ कार्तिक २०८०, शुक्रबार
३ कार्तिक २०८०, शुक्रबार

बुटवल,३ कात्तिक । बैंकर प्रकाश पौडेलले रेमिट्यान्सले मात्र देश उंभों नलाग्ने भएकाले युवा पिंढीले देशमै भविष्य देख्न सक्ने अर्थतन्त्र बनाउन सरोकारवाला सबैको ध्यान जानुपर्ने अपील गरेका छन् ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सीईओ पौडेलले रेमिट्यान्सको लागि देशले गरेको त्याग धेरै नै महंगो भैसकेको औंल्याउंदै आउंदो पिढींले आफ्नै देशमा भविष्य देख्न सक्ने अर्थतन्त्र बनाउन पौडेलले अपील गरेका हुन् ।

सामाजिक सञ्जालमा चाडपर्वको शुभकामना दिंदै पौडेलले आयातमुखी अर्थतन्त्रले रोजगारीको श्रृजना नगर्ने र राजस्वको श्रोतलाई समेत अस्थिर बनाउने प्रमाणित भैसकेकाले आफ्नै देशमा उत्पादन बढाउनुपर्नेमा पौडेलले जोड दिएका छन् । रेमिट्यान्सले मात्र देश उंभो लाग्ने भए नेपाल र नेपाली संसारमै समृद्ध हुने थियौं भनेका छन् ।

कहां चुक्यौं हामी र कहां चुक्यो हाम्रो देश भन्ने प्रश्न गर्दै पौडेलले अवसरको लागि विश्व आज एउटै घर र एउटै देश भएको स्पष्ट गर्दै आजको युवा पुस्तालाई नेपालमै अवसर रहेको तर हामीले वुझ्न ढिलो मात्र हैन निकै नै ढिला गरेको औंल्याएको छन् । पौडेलले आशाको दियो बाल्न र गाली संस्कृतिलाई यो भन्दा अगाडि बढ्न नदिन सबैमा अपील गरेका छन् ।

 

 

यसअघि पनि पौडेलले यस्तै देशभक्तिपूर्ण अपील गर्दै स्वदेशमै सम्भावना देख्न अपील गरेका थिए । पौडेलले नेपाली समाजमा पछिल्ला वर्षहरुमा देखिएको प्रवृत्तिमा सुधार र परिवर्तन होस् भन्ने उद्देश्यले नेपालमा संभव हुने अध्ययन,उपचार,किनमेल र संभव भएसम्म रोजगारी आफ्नै देशमा गर्नुपर्ने आग्रह गर्दै अरुलाई दोष दिने, गाली गर्ने सोंच र प्रवृत्ति परिवर्तन गर्न पनि आग्रह गरेका थिए ।

यसअघि पौडेलले गरेको अपील
अध्ययनको लागि बिदेश, रोजगारीको लागि बिदेश, स्वास्थ उपचारको लागि बिदेश ।।
हामी एक अर्को लाइ गाली गर्न र अरुलाइ दोषी देखाउनु मै ब्यस्त ।।
हामी ब्यापारमा मन्दी आयो भन्छौं, उपभोक्ता बिदेशमा, पैसा हरायो भन्छौ, पैसा शिक्षा र उपचारमा बाहिर ।।
सक्ने जति अरु देश, नसक्ने भारत ।। दिल्ली लगायतका अन्य शहरका अस्पतालमा नेपालीको लाइन छ, कलेजमा नेपाली बिद्यार्थीको भिड छ ।।
आयातको त कुरै नगरौं, धन्न रेमिटेन्स छ र गफ गर्न पुगेको छ ।।
कुरा ठुला होइन, सानो सानो कुराबाट नै हो परिवर्तन आउने हो । सबै आ आफ्नो ठाँउमा जिम्मेवार बनौं ।।
सबै नेपालीले आफ्नो देशमा आफ्नो भबिस्य देख्न सकुन, सबै युवाले नेपाली अर्थतन्त्रमा आफ्नो भबिस्य देख्न सकुन, देशले हाम्रो सोच र व्यबहारमा परिबर्तन खोजेको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?