© २०२३
बुटवल, १ कार्तिक । केही ब्यवसायीहरुबाट भएका गल्तीकै कारण समग्रतामा बनेको नकारात्मक धारणा चिर्ने जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरु बताएका छन । अतिआवश्यक बस्तुमा पर्ने पेट्रोलियम पदार्थको कारोबार गर्ने ब्यवसायीहरुप्रति आम नागरिकको धारणालाई परिवर्तन गर्न ब्यवसायीहरु नै जिम्मेबार बन्नुपर्ने उनीहरुले बताए । पश्चिमान्चल पेट्रोलियम डिलर्स एशोसियसन, बुटवलले बुधबार आयोजना गरेको स्वागत, परिचयात्मक तथा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा एशोसियसनका लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले सिमित ब्यवसायीका कारण समग्र ब्यवसायीमा गलत धारणा विकास भएको दाबी गरे । नया उद्योग शुरु गर्दा सरकार र समाजबाट हेरिने दृष्टिकोण सकारात्मक हुनसकेमात्र यसको प्रत्यक्ष लाभ हुने उनले बताए । नीति बनाउनेदेखी ब्यवहारमा लागु गर्ने गरि कार्यान्वयनमा सरोकारवाला निकायहरु लाग्नुपर्ने उनको धारण छ । सकारात्मक सन्देश दिने गरि सोच विकास हुनुपर्ने आग्रह गर्दै उनले पेट्रोलियम पदार्थको मूल्य घट्दा ब्यवसायीले बिक्रि बन्द गरे, पम्पको नोजलबाट हावा फयाक्यो भन्ने गलत सन्देश आम नागरिकलाई प्रवाह नगर्न आग्रह गरे ।
कार्यक्रममा एशोसियसनका अध्यक्ष हिमाल गैरे, लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपाने, महासचिव हरेराम
कशौधनले रुपन्देही सरुवा भएका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्वागत तथा सम्मान गरेका थिए ।
कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले देशमा भएको आर्थिक मन्दीको असरमा समग्र क्षेत्र परेको दुखेसो गर्दै अर्थतन्त्र चलायमान बनाउने विषयमा चिन्तन मनन सकारात्मक पक्ष भएको बताए । समाजको शान्ति सुरक्षाको विषयमा सधै सम्बाद र सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्घता जनाए ।
कार्यक्रममा एशोसियसनका अध्यक्ष हिमाल गैरेले ब्यवसायीहरु अधिकारसंगै आफनो दायित्वप्रति जिम्मेवार हुनुपर्ने सुझाव दिए । एशोसियसनका महासचिव हरेराम कशौधनले ब्यवसायिक हकहितमा संस्थामा संगठित भएर लाग्नुपर्ने बताए ।
भिडियो सामग्री