© २०२३
बुटवल, ३० असोज । गुल्मीका धार्मिक पर्यटकिय स्थलको प्रचारप्रसार र प्रर्वद्धन गर्ने उद्येश्यका साथ महोत्सवको तयारी गरिएको छ । ओझेलमा परेको तम्घास थान मन्दिर जुन पशुपतिनाथ जस्तै पुरानो मन्दिर मानिन्छ त्यसको प्रचारप्रसार गर्ने गरि सोही स्थानमा महोत्सव गर्न लागेको गुल्मी महोत्सव मुल आयोजक समिति गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुषालले बुटवलमा पत्रकार सम्मेलनमा बताए ।
‘गुल्मीमा रहेको अर्जुन भगवती र तम्घास थान मन्दिर दुई वटा मुख्य मन्दिरको प्रचारसंगै धार्मिक पर्यटक भित्राउने लक्ष्य रहेको छ ।’—उनले भने । ‘समुन्नत गुल्मीको लागि अभियान’ नारासहित उद्योग, कृषि र पर्यटन मुख्य प्राथमिकता दिएको महोत्सव कार्तिक १५–२५ गतेसम्म संचालन हुने उनले बताए । महोत्सवमा गुल्मीको पर्यटनको सम्भावना विषयमा विज्ञहरुबाट कार्यपत्र समेत प्रस्तुत गरिने उनले बताए । यसैगरि ९० जना बढि राष्ट्रिय र स्थानिय कलाकारहरुको प्रस्तुती रहने छन ।
१ लाख पर्यटक र १ अरब कारोबार हुने लक्ष्य रहेको संघका वरिष्ठ उपाध्यक्ष जनक पन्थले बताए । महोत्सवमा कफि, डेरिसहित साना उद्योगहरुसहित ५० वटा स्टलहरु रहने छन । स्थानियहरु उद्योगीहरुलाई स्टलमा ३० प्रतिशत छुटमा उपलब्ध गराइने छ ।