Butwal Today
स्व गंगा कुमारी मल्ल स्मृति कप २०८० खुला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता

हवाईट लोटस, शान्तिदिप र आर्दश (बि) र (सी) अन्तिम चारमा

२८ आश्विन २०८०, आइतबार
अ+
अ-

बुटवल, २८ असोज । बुटवलमा जारी स्व.गंगा मल्ल स्मृति खुला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता २०८० मा अन्तिम चार टिमको टुगो लागेको छ । स्व गंगा कुमारी मल्लको स्मृतिमा नाति डिजन मल्ल एवं प्रविण मल्ल मुख्य प्रायोजन, बुटवल उपमहानगरपालिका वडा नं १५ दुर्गा माता भवानी मन्दिर संस्थाको संरक्षकत्व तथा स्व दिलिप पुन (नारायण) स्मृतिमा विष्णु थापा सहप्रायोजन, आदर्श युवा क्लबको आयोजनामा शनिबार भएको क्वाटरफाईनल खेलमा आयोजक आर्दश युवा क्लब (बि) ले ट्राईबेकरमा डिएस युनाइटेडलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।

खेलमा गोलकिपर अभिषेक रानाभाटले उत्कृष्ट बचावट गर्दै खेलमा टिमलाई जित दिलाए । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि दोस्रो खेलमा शान्ति दिप एफसी, सैनामैनाले बुटवल युनाईटेड एफसीलाई १—० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । खेलको पहिलो हाफको अन्तिम समयमा गोल गर्दै शान्ति दिपका मनोज पुनले टिमलाइ विजयी बनाए । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

सोमबार दुई वटा सेमीफाईनल खेलहरु हुने क्लबका सचिव साजन खातीले बताए । पहिलो खेल आर्दश युवा क्लब (बि) र हवाईट लोटस तथा दोस्रो खेल आर्दश युवा क्लब (सि) र शान्ति दिप एफसीका बिचमा हुने छ । प्रतियोगितामा रुपन्देहीसहित दाङ, पाल्पा जिल्लाका गरि २४ टिमले प्रतिस्पर्धा गरेका छन ।