© २०२३
बुटवल,२७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा डा. शेखर कोइरालाले अघि सारेका केदार कार्की नियुक्त भएका छन् । कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । डा. शेखर कोइराला पक्षका कार्कीलाई एमालेका ३९ जना सांसदको समर्थन प्राप्त भएको थियो । कार्कीलाई मुख्यमन्त्री बन्नबाट रोक्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिन निकै जोडबल गरेका थिए । साथै हिजो नै ४७ जना सांसद कार्कीको पक्षमा सशरीर उपस्थित हुंदा पनि गठबन्धनको दबाबमा आज सम्मलाई नियुक्ति प्रकृया रोकिएको थियो । यो प्रकरणमा शेखर कोइरालाले कुनै हालतमा ब्याक नहुने अडान लिएका थिए र अन्ततः सफल भएरै छाडे ।
कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका सदस्यीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेस गरेका थिए । कांंग्रेस प्रदेशसभा सदस्य कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए भने आङ्बोले कांग्रेससहित चार दलका संसदीय दल नेताको समर्थन लिएका थिए ।
दुवैले ४७ प्रदेशसभा सदस्यको समर्थन भएको दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गर्ने निर्णय गरे । प्रदेश प्रमुखको कार्यालयले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर सनाखत गर्न भनेको थियो ।
कार्कीको पक्षमा हस्ताक्षर गरेका ४७ जनाले नै उपस्थित भएर सनाखत गरे लगतै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(५) अनुसार प्रदेश सांसद कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे । कार्कीलाइृ मुख्यमन्त्री बन्नबाट रोक्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिन निकै जोडबल गरेका थिए । साथै हिजो नै ४७ जना सांसद कार्कीको पक्षमा सशरीर उपस्थित हुंदा पनि गठबन्धनको दबाबमा आज सम्मलाई नियुक्ति प्रकृया रोकिएको थियो । यो प्रकरणमा शेखर कोइरालाले कुनै हालतमा ब्याक नहुने अडान लिएका थिए र अन्ततः सफल भएरै छाडे ।