ट्रेंडिंग:

>> मृतकका परिवारलाई क्षतिपूर्ति माग्दै सुर्खेतको यरिचोकमा सडक अवरोध >> वेष्ट्रनलाई यू– १४ क्रिकेटको उपाधि >> मणिमुकुन्द कप इन्डो–नेपाल भलिवल : नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब बिजयी >> रवि लामिछानेको सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने >> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ

गैरआवासीय नेपाली दिवस

२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

‘नेपालीले नेपालीलाई’ भन्ने नारा सहित यो बर्षको गैर आवासीय नेपाली दिवस आज विश्वभरि मनाईदैछ । हरेक वर्षको अक्टोबर १२ मा गैर आवासीय नेपाली दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने गरिएको छ । नेपालको विकासमा गैर आवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण छ । विदेशका विभिन्न स्थानबाट पठाएको रेमिटान्सले मुलुक धानिएको छ । अर्कोतर्फ विदेशकै नागरिकता बाहक गैर आवासीय नेपालीहरूले समेत नेपालमा लगानीका लागि योगदान गर्दै आएका छन । गैर आवासीय नेपालीकै कारण मुलुकको कायापलट भएको छ । यद्यपि अहिले लगानीको कमी महसुस हुनु स्वाभाविक छ । गैर आवासीय नेपालीहरूले आफूहरूलाई नेपाल सरकारले नेपाली सरह नै ब्यवहार गरोस भन्ने छ तर सरकार गैर आवासीय नेपालीलाई विदेशीको दर्जामा व्यवहार गर्दै आएको छ । उनीहरूको नेपालप्रतिको भावना र सद्भाव सराहनीय छ । आधुनिक नेपालको रूपरेखा कोर्ने हो भने निश्चितरूपमा गैर आवासीय नेपालीले नेपालमा लगानी गर्न खोजेका छन, उनीहरूलाई त्यो वातावरण तयार गरिदिनुपर्दछ । गैर आवासीय नेपाली नेपाली नै हुन । विशेष कारणबस उनीहरू विदेशमा बसेर त्यहीको नागरिकता लिएका कारण उनीहरू गैर आवासीय भएका हुन तर उनीहरूको मूल श्रोत नेपाल हो ।

नेपालमै उनीहरू केही गरौं भन्ने भावनाले ओतप्रोत छन तर उनीहरूलाई त्यो वातावरण बनाईदिने काममा भने अहिलेसम्म कञ्जुस्याई भैरहेको छ । उनीहरू आफ्नो पुर्खाको माटो भएको नेपालमा केही गरौं भनेंर धेरै क्षेत्रमा लगानीको अवसरका लागि बेलाबेलामा अनुरोध गर्दैपनि आएका छन तर अहिलेसम्म उनीहरूको अनुरोधको सुनुवाई हुन सकेको छैन । देश बाहिर छरिएर रहेका नेपालीहरूले लगानी गर्ने हो भने नेपालको कायापलट हुन बेर लाग्दैन तर नेपालमा बेलाबेलामा हुने राजनीतिक अस्थीरताको कारण उनीहरूको माग सम्वोधन हुन सकेको छैन । दिवसकै सन्दर्भमा गैर आवासीय नेपालीहरूले नेपालमा मताधिकारको माग गर्दै आएका छन । निश्चितरूपमा उनीहरू नेपाली नै हुन ।

उनीहरूमा नेपालको माया छ । प्रतिनिधि सभाको विभिन्न समितिमा उनीहरूको मागका बिषयमा गहन छलफल समेत भएकोले अव ढिलाई नगरि उनीहरूको मताधिकारको माग सम्बोधन गरिनुपर्दछ । विदेशबाट पनि मताधिकारको व्यवस्था हुनुपर्ने कुरामा निर्वाचन आयोग समेत सकारात्मक छ । आशा गरौं २०८४ को निर्वाचनमा विदेशमा बस्ने नेपालीमात्र होइन, गैर आवासीय नेपालीलाई पनि मताधिकारको व्यवस्था हुनेछ । कम्तिमा पनि उनीहरूको माग भनेको नेपाल र नेपालीकै हितका लागि हो भन्ने बुझ्नु जरुरी छ । विश्वका कुनैपनि कुनामा किन नपुगून उनीहरूको मूल थलो भनेको नेपाल नै हो । मानिसले अवसर खोज्छ । अवसरकै लागि कैयौं अडचन र हण्डर खाएर उनीहरू विश्वका अधिकांश कुना कन्दरामा पुगिसकेका छन । अथक मेहनत र श्रम गरेर कमाएको पैसा नेपालकै लागि लगानी गर्न उद्यत छन तर किन उनीहरूको लगानीको ग्यारेन्टी अहिलेसम्म हुन सकेको छैन् । दिवसकै अवसरमा नेपाल सरकारले गैर आवासीय नेपालीलाई पनि नेपालको मूलधारमा समेटोस् । नेपाल सरकारले उनीहरूको माग सम्वोधन गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?