© २०२३
बुटवल,२३ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयनको लागि चारजनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा अछामका कमल तिमिल्सिना, अछामका कृष्ण प्रसाद जैशी, अछामकै भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गरिसकेका छन् । बिहान साढे १० बजे सम्मको लागि उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरिएकोमा साढे ११ बजे, र फेरि साढे १२ बजे सम्म समय थप गरिएको छ ।
अध्यक्षमा चार जनाको उम्मेदवारी परेको र अन्य पदाधिकारीमा आधा दर्जन बढीले उम्मेदवारी दिएका छन् ।
तीन दिन अघि उद्घाटन भएको प्रदेश अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व चयन गर्न जोड दिएका थिए । नेताहरुबीच सहमति खोज्न महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पहल गरेपनि सफल नभएपछि निर्वाचन हुन लागेको हो ।