© २०२३
बुटवल,२२ असोज । इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई नेपाल सरकारले उद्धार गरी नेपाल ल्याउने भएको छ ।
त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागेको इजरालयस्थित नेपाली दूतावासले जनाएको छ ।
शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो। मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ।
दूतावासले इजरायलमा रहेका सबै नेपालीलाई धैर्य र संयम अपनाउन समेत आग्रह गरेको छ।
हमास समूहको आतंकवादी हमलाले इजरायली र विदेशबाट गएका नागरिकहरु भय र त्रासमा परेका छन् ।