© २०२३
बुटवल,२० असोज । पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समिति नेपाल लाईफ ईन्स्योरेन्स क. लि. शाखा समिति बुटवलको पांचौ अधिवेशनले नयां नेतृत्व चयन गरेको छ । अधिवेशनले नारायणभक्त पाण्डे अध्यक्ष रहेको १५ सदस्यीय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा माधवराज पाण्डे, सचिवमा राधिका पौडेल, सहसचिवमा कृष्ण राम आले, कोषाध्यक्षमा रणबहादुर चौधरी निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा पार्वती कार्की,बलकृष्ण जैसी,एक राज पाण्डे,बिजय ढकाल,यदुनन्द भण्डारी
,बिष्णुमाया भण्डारी,गोविन्द भण्डारी,भवानी रिजाल,मन्जु घिमिरे र लक्ष्मी पराजुली निर्वाचित भएका छन् । अधिवेशन उद्घाटनका क्रममा शाखा समिति बुटवलका अध्यक्ष ज्ञान प्रसाद पौडेल, केन्द्रिय समितिका महासचिव ओम बहादुर केसी, निवर्तमान उपाध्यक्ष राजेन्द्र प्रसाद अमात्य, नेपाल लाईफ ईन्स्योरेन्स क. लि. का ः कृष्ण प्रसाद लम्साल , शाखा प्रमुख किरण ज्योति पौडेलले वीमा अभिकर्ताहरुले आम नागरिकलाई वीमामा आवद्ध गराएर अर्थतन्त्र चलायमान बनाउनुका साथै नागरिकमा वचत गर्ने वानीको विकास गराएको बताए ।