ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

एमाले सुदूरपश्चिमको अधिवेशन तयारी पुरा,तिमिल्सेना र जैसी बीच मुख्य प्रतिस्पर्धा हुने

२० आश्विन २०८०, शनिबार
२० आश्विन २०८०, शनिबार

धनगढी, २० असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमाले प्रदेश कमिटीले आइतबार (भोली) दिउँसो १२ बजेदेखि सुरु हुन लागेको प्रदेश अधिवेशनको सम्पूर्ण तयारी भएको जनाएको हो ।
‘अधिवेशनका लागि प्रदेशका नौ वटै जिल्लाका प्रतिनिधिहरू धनगढी पुगिसकेका छन् कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली आइतबार विहान ८ बजेको विमानबाट धनगढी पुग्नुहुन्छ’ – एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीले भने,’ दिउसोको १२ बजे कार्यक्रमको उद्घाटन सँगै अध्यक्ष दिनभर कार्यक्रममा बसेर साँझ काठमाडौँ फर्किनु हुन्छ ।’
ओलीसङै पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू अधिवेशनमा सहभागी हुनेछन् ।
प्रदेश अध्यक्ष भण्डारीका अनुसार अधिवेशनमा छ सय ७५ प्रतिनिधि सहभागी हुँदै छन् । बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरी एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरी एक सय १७ जना प्रतिनिधि रहेका छन् ।
बझाङबाट १३ महिला, २६ पुरुष र नौ दलित गरी ४८, डोटीबाट ११ महिला, २३ पुरुष र सात दलित गरी ४१, डडेल्धुराबाट पाँच महिला, १२ पुरुष र एक दलित गरी १८ जना प्रतिनिधि रहेका छन भने जनसङ्गठनबाट २५ महिला, ४३ पुरुष र सात दलित गरी ७५ जना प्रतिनिधि रहने छन् । यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरी ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरी ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरी ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरी ५४ जना प्रतिनिधि रहेका छन् नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् ।
पार्टीको बुद्धिजीवी विशेष इलाका कमिटीबाट एक महिला र चार पुरुष गरी पाँच जना प्रतिनिधि र मजदुर विशेष इलाका कमिटीबाट एक महिला, चार पुरुष गरी पाँच जना प्रतिनिधि रहने छन् ।
प्रदेशमा हुन लागेको अधिवेशनमा प्रदेश सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट र बाजुरा नेता कर्ण थापालाई आमन्त्रण गरिए पनि रावललाई कुनै जानकारी नगराएको इन्चार्ज विश्वकर्माले बताए ।
अधिवेशनबाट एक सय ५५ सदस्यीय कार्यसमिति चयन हुने छ । जसमा प्रदेशमा अध्यक्षसहित उपाध्यक्ष र सचिव एक÷एक र सह–सचिवमा दुई जना रहने छन् ।

तिमिल्सेना र जैसी बिच मुख्य प्रतिस्पर्धा

सुदूरपश्चिमको नेतृत्वका लागि तिन जना आकांक्षी छन् । प्रदेशका उपाध्यक्ष रहेका कमल तिमिल्सेना,एमाले नेता कृष्णप्रसाद जैसी र पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा सङ्घ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह नेतृत्वका लागी दौडमा छन् ।

अध्यक्ष पदका उम्मेदवार तिमिल्सेना २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा सङ्घको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनिसकेका छन् ।
‘म प्रदेश कमिटीको उपाध्यक्ष भइसकेको छु त्यसैले पनि अध्यक्षको स्वाभाविक दाबेदार हुँ । पार्टीलाई एकताबद्ध,समन्वयकारी, संविधानको कार्यान्वयन, पार्टी भित्र दक्षिणपन्थी अवसरवाद, संरचनात्मक अराजकता हुन नदिन मेरो उम्मेदवारी हो जित पनि सुनिश्चित छ,’उनले भने ।
आगामी निर्वाचनमा बहुमत दिलाउन र एमालेको सरकार निर्माणको लागि आफूले प्रदेश अध्यक्षमा दाबी गरेको जैशीले बताए।
जैसी सँग अछाम जिल्ला विकास समितिको सभापति, पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ ।

यसअघि अध्यक्षकै लागी दामोदर भण्डारीको नाम आए पनि उनी हालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रहेकाले विधिअनुसार उम्मेदवार बन्न नपाउने भए पछि तीन जनाको मात्रै उम्मेदवार छन्। तिमिल्सेना र जैसीबिच चुनावी प्रतिस्पर्धा अझ रोचक हुने एमाले नेताहरू बताउँछन्।
एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा भने चुनाव नभई सर्वसम्मतका लागी अन्तिम समय सम्म पनि प्रयास जारी रहेको बताउँछन् ।
सुदूरपश्चिममा एमाले पार्टी बलियो बनाउन र सबैको भावना अनुसार अघि बढिरहेकाले अधिवेशन सर्वसम्मतकै पक्षमा रहेको उनको भनाई छ । नेतृत्वका लागी रस्साकस्सी भइरहेपनि प्रदेश अध्यक्षको जिम्मेवारी कसले पाउँछ त्यो हेर्न भने अधिवेशन अवधिभर कुर्नै पर्नै हुन्छ ।
भीम रावललाई बोलाइएन
आइतबार हुन लागेको प्रदेश अधिवेशनमा नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेता भीम रावललाई भने वोलाईएको छैन ।
अछाम जिल्लाबाट पटक–पटक सांसद बनेका रावललाई पार्टीले अधिवेशनमा आमन्त्रण गरेको छैन । रावल यस अघिको सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत थिए । ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुलेनै पदाधिकारी तथा सदस्य चयन गर्छन् । यसमा कुनै नेताको हस्तक्षेप हुँदैन । भीम रावल केन्द्रीय नेता हुन । केन्द्रीय पदाधिकारी तथा सदस्य चयनमा उहाँको चासो हुन्छ । प्रदेश, जिल्ला तथा वडामा उनको चासो छैन,’ पार्टी सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले भने ।
रावल चितवनमा भएको दसौँ अधिवेशनमा केन्द्रीय अध्यक्षमा पराजित भएका थिए । त्यसयता पार्टीभित्र उनी कुनै पदमा छैनन् । धनगढीको सौराई स्क्वायरमा २१गते देखी सुरु हुने अधिवेशन २२ गते सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?