© २०२३
बुटवल,१८ असोज । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत बिहीबार भएको मतदान सकिएको छ । बिहीबार मध्यान्न १२ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो ।
अधिवेशनमा ८८७ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । ९०७ मतदातामध्ये २० जना मतदानमा सहभागी नभएका संयोजक सुरेन्द्र थापा मगरले जानकारी दिए ।
केहीबेरमा मतगणना सुरु हुनेछ । अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् । दुवै अध्यक्ष प्यानल सहित मैदानमा ओर्लिएका हुन् ।
शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ।
मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गरेका छन् ।
उचसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा भएको छ ।
अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि थिए ।