ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

कर्णालीको रैथाने उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पु-याउनुपर्छ : मन्त्री शर्मा

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

सुर्खेत, १७ असोज ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले कर्णालीले अब मूल्यवान् बस्तुहरुको बजारीकरण गर्ने बताएका छन् ।

कर्णालीमा पोषणयुक्त खाद्यान्न उत्पादन पनि हुने र कुपोषणबाट बालवालिका ख्याउटे, पुड्का पनि हुने तथ्याङ्कको गलत परिभाषा सच्याउन आवश्यक भएको शर्माले जिकिर गरेका छन् । जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सवमा सहभागी हुन हुम्ला पुगेका मन्त्री शर्माले प्रेस सेन्टर हुम्ला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा कर्णालीको रैथाने उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन प्रदेश सरकार तयार रहेको बताए ।

मन्त्री शर्माले कर्णालीका हिमाली क्षेत्रका कृषिउपज र बजारीकरणको समायोजन हुने बताएका हुन् । ‘कोदो खानेलाई गरिव भनिन्छ, नेपालमा गरिवीको संख्या पनि बढ्दो छ तर गरिवी हुने कारण उत्पादन बस्तुलाई मूल्यमा परिवर्तन नगर्दा समस्या भएको हो’, मन्त्री शर्माले भने, ‘कर्णाली जे बेच्छ मूल्यवान बस्तु नै बेच्छ भन्ने तथ्य प्रमाणित गर्न मूल्यवान लोगो निर्माण गरी कर्णालीको रैथाने उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा प्रदेश सरकार बजारीकरण गर्न तयार रहेको छ ।’

उनले कर्णाली प्रदेशमा भएको रैथाने बाली उत्पादनमा संरक्षण र बजारीकरण गर्न प्रदेश सरकारले कृषिउपज उत्पादन र बजारीकरणको लागि समायोजन नीति अनुरुप काम गर्ने बताए ।

दक्षिण एसियाको भारतपछि कोदो उत्पादनमा दोस्रो मुलुक नेपाल भएकोले कोदो, लठ्ठे, जुनेलो, चिनो र कागुनो उत्पादनलाई लेवलिङ्ग र प्याकेजिङ्ग गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्न प्रदेश सरकार उत्पादन र ढुवानीमा अनुदान दिन प्रतिवद्ध भएको बताए । उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा चौरी मुसे भेडा कार्यक्रम र हुम्लाको तल्नो भूगोल क्षेत्रमा सुन्तला, कागती र फलफुल कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले पकेट क्षेत्र विकास कार्यक्रमबाट उत्पादन बढाउने बताए । हुम्ला जिल्लाको ७ वटा पालिकामा १ हजार ३५ हेक्टर क्षेत्रफल जमिनमा कोदो खेतीबाट वार्षिक १ हजार ५४० मेट्रिकटन उत्पादन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?