Butwal Today

एमाले कर्णाली अधिवेशनः अझै सुरु भएन मतगणना

१५ आश्विन २०८०, सोमबार
अ+
अ-

सुर्खेत, १५ असोज ।

नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन अन्तर्गत मतगणनाको काम अझै सुरु भएको छैन ।

प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको आज विहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन् । आइतबार ढिला सुरू भएको मतदान राति ९ बजे सकिएको थियो । त्यसकारण आज बिहान ८ बजेदेखि मत गणना सुरू गर्ने भनिएपनि अहिलेसम्म पनि मतगणना सुरु नभएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

उनले अहिले बैठक बसिरहेको र अवको केही मिनेटमै मतगणना सुरु गर्ने बताए । आइतबार ६१६ जना मतदातामध्ये ६०९ जनाले मतदान गरेका थिए ।