© २०२३
बुटवल,१५ असोज । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजबाट शुरू हुँदैछ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् ।
उता कोशी र कर्णाली अधिवेशन अन्तर्गत भएको चुनावको मतगणना गर्ने तयारी छ । कोशीमा आज दिउँसोदेखि मतगणना शुरू हुने निर्वाचन कमिटीले जनाएको छ ।
गएरातिदेखि शुरू भएको मतदान आज बिहान सकिएको थियो ।
यस्तै कर्णाली प्रदेशमा नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुँदैछ । गएराति भएको मतदानको आज मतगणना हुने भएको हो ।
यसअघि एमाले लुम्बिनी र बाग्मती प्रदेशले भने महाधिवेशनबाट नयाँ नेतृत्व पाइसकेको छ । दुवै प्रदेशमा निर्वाचनमार्फत् नेतृत्व चयन भएको हो ।
अब एमाले सुदूरपश्चिम र मधेश प्रदेश अधिवेशन बाँकी छ ।