© २०२३
बुटवल,१४ असोज । नेकपा एकीकृत समाजवादीको मेची महाकाली जागरण अभियान सुरु भएको छ।
आइतबार झापाको काँकरभिट्टाबाट अभियान सुरु भएको हो।
अभियान सुरुवात गर्न पार्टी अधयक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायत नेता काँकरभिट्टा पुगेका छन् ।
यात्राका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।
आइतबार झापाका तीन स्थानमा कार्यक्रम हुने एकीकृत समाजवादीले जनाएको छ। झापामा काँकरभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम हुनेछन्।