© २०२३
जिम्मेवार नेताहरूका गलत रवैया र गैर जिम्मेवार कार्यकर्ताको मनोवृत्तिले निकट भविष्यमा देश भयानक ठूलो चक्रब्यूहमा तानिदै छ भन्ने कुरा प्रत्येक दिनका नयाँ नयाँ काण्ड र केही दिनपछि सेलाउने घटनाक्रमहरूले पुष्टी गरिरहेको छ । त्यो चक्रब्यूबाट जोगिन र देशलाई जोगाउन बेला नघर्किदै सचेत बनिएन भने हामी सबै ठूलो पछुतोमा पर्नेछौं । समय फर्किसकेपछि पछुताएर चुक चुकाउनु भन्दा तथ्यहरूले देखाएका संकेतहरूबाट सर्तक हँुदै पाइला चाल्नु बुद्धिमानी ठहर्छ । नेताहरूलाई देशको पिर छैन । ठूला पार्टी र ठूला नेताहरूमा देश र जनताप्रति कत्ति पनि जिम्मेवारी बोध भएको पाइएन् । देशलाई बर्वादीतिर धकेलेर, जनतालाई नारकीय जीवनमा बाँच्न विवश तुल्याएर जसरी विभिन्न विकृति र विसंगतिको पहाडमा उभिएर कथित लोकतन्त्रको बाँसुरी बजाइरहेका छन् । अब त्यो बाँसुरीको आवाजले कसैलाई पनि भुल भुलैयामा पारेर नचाउन सक्ने सामथ्र्य रहने छैन । या त जनताले यिनका हरेक काला कर्तुतहरूको एक एक हिसाब गरेर उचित दण्ड दिनेछन् । या त देश नै कोल्याप्स हुने छ । बेला छँदै जनताले चेतेर यिनका नकाब उतारी यिनको कर्तुतप्रति उचित दण्ड दिन सके मृत्यु शैयामा छटपटाईरहेको देश बिस्तारै बिस्तारै बौरेर लयमा फर्केला नत्र भने देश सिक्किम हुने भयो । सबैले जाने हुन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई असफल राष्ट्र बनाउन अमेरिका र युरोपेली राष्ट्रहरूसित मिलेर विभिन्न किसिमका षड्यन्त्रहरू चलाइरहेका छन् । ती षड्यन्त्रका गोटी बनेका हाम्रा सत्तासीनहरू आफ्नो सत्ता टिकाईराख्न मोदीको हरेक चालका प्यारा बनिरहेका छन् । कालापानी नेपाल आमाको छाती हो । वर्षौदेखि नेपाल आमाको छातीमा भारतीय विस्तारवादका फौजहरूले परेट खेलिरहेका छन् । हाम्रा नालायक शासकहरू उसकोविरुद्ध भारतसित सास काड्न सक्दैनन् । लिपुलेक लिम्पियाधुराको उस्तै हविगत छ । देशले राष्ट्रिय जनगणना कार्यक्रम संचालन गर्दा त्यस क्षेत्रको तथ्यांक संकलन गर्न सरकारको निर्देशनमा तथ्यांक विभागले कर्मचारी नपठाएर त्यस क्षेत्रका जनतालाई जानाजान राष्ट्रिय मूलधारबाट आउट गरायो । सुस्ता भनौं या महेशपुर वा मानेभञ्ज्याङ भनौं सीमा स्तम्भहरू वरवर सारिने गर्छन् । कतै भत्काइएका छन् । सत्तासीन नालायकहरू तै चुप छन् । नेपाल आज यस्तै बिडम्बनाबाट गुज्रिरहेको छ । आफ्नो निजी स्वार्थको अगाडि राष्ट्रको सार्वभौम सत्ता र क्षेत्रीय अखण्डतालाई समेत तिलाञ्जली दिने नालायक दुष्टहरूले देश वर्वाद बनाए । कथित क्रान्तिकारिताको नाममा वाघको छाला ओठेका लुते स्यालहरू जनताको अगाडि निकै राष्ट्रवादको कुरा गर्छन् । भारतीय विस्तारवादी शासकहरूको अगाडि लल्यालुलुक बनी लम्पसार पर्ने गर्दछन् । यस्ता चरित्रबाट देशले के आशा गर्नु ? जनता के भर पर्नु ? भोलिका सन्ततिले के पाउनु ?
नेपालमा अहिले जे भैरहेको छ, यही घटनासित मिल्दोजुल्दो घटनाक्रम सिक्किम भारतमा बिलय हुनु अघिपनि भएको थियो । सदियौंदेखि स्वतन्त्र रहेको हिमाली श्रृंखलाको एक स्वतन्त्र राज्य सिक्किमलाई भारतले आफ्नो भू– भागमा गाभ्न गर्नु नगर्नु हर्कत गरेर सिक्किमी जनतालाई हैरान बनाएको थियो । कहिले सीमावर्ती क्षेत्रका जनताको जमिन हडपेर, कहिले सीमानाका पिलर सारेर हेप्नसम्म हेपेको थियो । त्यस सानो हिमाली देशको स्वतन्त्र अस्तित्वलाई हडप्न सुरुमा आफ्ना एजेण्टहरूमार्फत आन्तरिकरूपमा देशभित्र भाँडभैलो मच्चाइ दियो । जताततै झैं झगडा जताततै विवाद, जताततै तानातान, खिचलो, खैलाबैला मच्चाइदिएर त्यहाँका राजा चोग्याललाई सत्ताच्यूत गराएर काजी लेण्डुप दोर्जेलाई सरकार प्रमुख बनाइयो । संसदहरूलाई पैसाले किनेर आफू अनुकुल बनाएपछि संसदमा सिक्किम भारतमा बिलय हुने प्रस्ताव राख्न लगाई पहिले नै पैसामा बिकिसकेका सांसदहरूको बहुमत देखाई सिक्किम निलेको थियो । सिक्किमलाई निल्न भारतीय नेताहरूको पहिलेदेखि नै प्रयास गरिरहेको थियो । नेताहरू भने नाँगोरूपमा प्रस्तत हुन हिचकिचाइरहेका थिए । तर, बावुको पालामा सफल हुन नसकेको त्यो प्रयासलाई छोरी इन्दिरा गान्धीले आफ्नो पालामा पूरा गरिन् । सिक्किमी जनतालाई आन्तरिक विवाद र झै झगडामा फँसाए । कमजोर बनाई असफल राष्ट्र बनाएर संरक्षणको जिम्मेवारी लिएको नाममा देशै खाइदियो भारतले । आफ्नै विशाल क्षेत्रफल र जनसंख्या भएरपनि अरू देशहरूप्रति भारतले अर्थात भारतका बिस्तारवादी शासहरूले कति लोलुप दृष्टि राख्दछन् भन्ने दृष्टान्त यसैबाट पुष्टि हुन्छ । भारतका शासकहरूमा हामी ठूलाबडा हौं र छिमेकका अरू राष्ट्रहरू भुसुना हुन् । हाम्रो शक्ति र सामथ्र्य अगाडि यिनको केही चल्दैन, त्यसैले छिमेकी देशहरू हाम्रो खटन पटनमा चल्नुपर्छ भन्ने ठान्दछन् । नेपालप्रति उनीहरूको नकारात्मक रवैया छ । रोटी र बेटीको सम्बन्धको नाममा वाहिर नजिकको देखिने तर भित्र दुर्भावनाले ग्रस्त छ र भारतका शासकहरू यिनै शासकका गुलाम नेपाली लेण्डुपेहरूलाई आलोपालो सत्तामा पु¥याई उनीहरूमार्फत नेपालको अपार प्राकृतिक सम्पदा जलश्रोतलाई हत्याएर नेपालको जलसम्पदा माथि जाई लागिरहेको छ । कोशी, गण्डकी, कर्णाली, अरूण जस्ता ठूला ठूला नदीहरू त लुटेकै छन । त्यतिले मात्र नअघाई स–साना खोलाहरू पनि आफ्नै नियन्त्रण लिने मनसायले लुब्ध छ । हाम्रा शासकहरूको पैसामुखी चरित्रलाई राम्ररी बुझेको मोदी सरकारले नेता भनाउँदा हाम्रा दुष्ट पापी देशद्रोही गद्दारहरूलाई खेताला बनाएर उनीहरूमार्फत विभिन्न किसिमका आत्मघाती काम गराइरहेको छ । अधर्मीहरूको विकृत मस्तिष्मा सही बिचारले ठाउँ पाउन छोडेको छ ।
राष्ट्रियता, न्याय, धर्म, संस्कृति, इमान्दारिता, इमानजमान सबै समाप्त बनेको छ । जसरी भएपनि पैसा सोहोर्नुपर्छ भन्ने कुमतिले पागल बनेकाहरूले के कुरा बुझिरहेका छैनन् भने आज आफूहरूले चालेका हरेक कदमले भोलि आफैलाई भस्म खरानी पार्नेछन् । यिनीहरूले चालेका हरेक कृयाकलापले यिनीहरू आफैपनि पुरिने आफ्नो खाल्टो आफै खन्दैछन् । व्यवस्थापिकामा भारतका खेताला, कार्यपालिकामा भारतका खेताला, न्यायपालिकामा भारतका खेताला, प्रशासनमा भारतका खेताला। सुरक्षा निकायमा भारतका खेताला, व्यापारमा भारतका खेताला, उद्योग व्यवसायमा भारतका खेताला अनि हरेक क्षेत्रमा भारतीय दबदबा । नेपाली किसानहरूले उत्पादन गरेको तरकारीले बजार नपाएर किसानहरू दिक्क बनी तरकारी बाटामा फ्याँकेर विरोध जनाउँछन् । सरकार भारतबाट आउने तरकारी भन्सारमा विषादी परीक्षण पनि नगरी सिधैं नेपाल भित्रिन दिने आदेश खटाउँछ । मन्त्रालयहरूमा भारतीय दूतावासका कर्मचारीको खटनपटन चल्छ । फलाना फलाना मध्ये कुनै एकजनालाई राष्ट्रपति बनाउने भन्ने आदेश उताबाट आउँछ यताबाट भने मुताविक गरिन्छ । सन. १९७१ मा तत्कालीन पूर्वी पाकिस्तान हालको बंगलादेशका नेता शेख मर्जिबुर रहमानले त्यस बेलाको पाकिस्तानका सैनिक शासक महिवा खानको तानाशाहीका बिरुद्ध आन्दोलन चलाएको बेला भारतले प्रजातान्त्रिक आन्दोलनलाई सघाउ पु¥याउने नाममा भित्रभित्रै आफ्ना सेना र हतियार पठाएर पाकिस्तान टुक्राएर बंगलादेश बनाइदियो । पछि बंगलादेशका प्रथम राष्ट्रपति शेख आफ्नो प्रतिकूल बनेपछि अर्को सैनिकद्वारा उनको हत्या गराइयो । नेपालमा पनि दलाल नेताहरूलाई प्रयोग गरेर हरेकलाई सत्तामा पु¥याइदिने लोभ देखाई उनीहरूमार्फत नेपाल समाप्त पारी सिक्किम या पाकिस्तानको नियत भोग्नुपर्ने अवस्था तयार पार्दै छ । खेतालाहरूलाई राष्ट्रियता स्वाभिमान कुनै चिजको मतलब छैन । केवल पैसा र पदको मतलब छ । अतः माथिका हरेक प्रसङ्घहरूले देशको लागि घोर अनिष्टकारी साबित भैसकेको जनतालाई ठग्दै आफ्नो दूनो सोझाउन पल्केका ठगहरूलाई सबैले चिनौं । देश जोगाऊँ ।