© २०२३
सुर्खेत, १३ असोज ।
नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । पार्टीका अध्यक्ष र महासचिवले नेतृत्व छान्ने विषय निर्देशनको हवाला दिएका कारण आफूले उम्मेदवारी फिर्ता लिएको शाहीले बताए ।
प्रदेशको प्रथम अधिवेशनमा प्रदेश कमिटीको अध्यक्ष हुने इच्छा सहित आफूले मनोनयन दर्ता गरेको उनले बताए । शाहीले पार्टी केन्द्रको चाहना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि उनले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
शाही यसअघि कर्णाली प्रदेश सभाको सभामुख थिए । उनले संघीयतापछिको पहिलो प्रदेश सभाको पूर्ण कार्यकाल नेतृत्व गरेका हुन् । अध्यक्ष पदको लागि कर्णालीमा शाहीसहित पाँचजनाको उम्मेदवारी दर्ता भएको थियो । अब अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी