ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
विश्व मुटु दिवसमा सचेतनामुलक साईकल रयाली

मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग

१२ आश्विन २०८०, शुक्रबार
१२ आश्विन २०८०, शुक्रबार

बुटवल, १२ असोज । विश्व मुटु दिवसको अवसरमा बुटवलमा वृहत सचेतामुलक साईकल रयाली गरिएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान रुपन्देही शाखाको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सचेतनामुलक साईकल रयाली गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विश्व मुटु दिवसको अवसरमा साईकल चलाएर मानव स्वस्थ्यसंगै नगरका पर्यटकिय स्थलको प्रचारमा योगदान पुग्ने बताए । विश्वमा नै सरुवारोगी भन्दा दिर्घरोगीहरुको संख्या बढ्दो देखिएको भन्दै दैनिक कार्यालयमा सहयोगका लागि आउने नगरबासीको संख्या अत्याधिक रहेको बताए । यसबाट परिवार, समाज र देशलाई नै ठुलो धक्का पुगेको उनले बताए । रोगबारे सचेत बनाउन जरुरी रहेको भन्दै यसमा सबै संघसंस्थाहरु लाग्नुपर्ने सुझाव दिए । प्रतिष्ठानबाट गरिने कार्यक्रमलाई प्रभावकारी बनाउन मुटु रोगबाट न्युनिकरणको बारेमा समेत थप सचेतना र स्वस्थ्य शिविर चलाउने विषयमा ध्यान दिनुपर्ने बताए । मानव स्वस्थ्यको लागि साईकल चलाउनु लाभदायक भएको भन्दै साईकलमैत्री पुर्वाधारमा आफुले जोड दिएको बताए । राजमार्गदेखि चिडियाखोलासम्मको सडकमा साईकल लेन बनाउन आवश्यक पहल गरिएको उनले बताए । मुल र भित्री सडकहरुमा समेत पैदल र साईकलयात्रीहरुलाई सुरक्षित खालका सडक बनाउने विषयमा सडक विभागलाई सुझाव दिएको उनले बताए ।

यसैबिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल हृदय रोग निवारण प्रतिष्ठानका रुपन्देही शाखाका अध्यक्ष बोनिन पिया, प्रतिष्ठानका निवर्तमान अध्यक्ष निर्मल लाकौल, वरिष्ठ उपाध्यक्ष काजिमान श्रेष्ठ, उपाध्यक्ष नरेश श्रेष्ठ, कोषाध्यक्ष उमाशंकर मालपानी, सहसचिव करण खनाल, सन्जय मुडभरी, कार्यक्रमका संयोजक अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, बुटवल साईक्लिङ ग्रुप शिव चौधरीले मृगौला रोगको उपचार गराईरहेका बुद्घनगरका ३३ वर्षिय गोपाल गहतराजका माता बिन्दु सुनारलाई नगद ११ हजार रुपैया सहयोग हस्तान्तरण गरेका छन ।

कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका रुपन्देही शाखाका अध्यक्ष बोनिन पियाले यो वर्ष मुटु दिवसको अवसरमा रचनात्मक र प्रभावकारी हुने गरि साईकल रयाली गरिएको बताए । स्वस्थ्य रहन ब्यायामको महत्व प्रकाश पार्दै साईक्लिङ एउटा महत्वपूर्ण माध्यम भएको बताए । सचेतना कार्यक्रमसंगै दीर्घरोगीलाई आर्थिक सहयोग जस्तो नमुना काम गर्न सफल भएको उनले बताए ।

कार्यक्रममा सहभागी बुटवल युनाईटेड साईक्लिङ क्लब, साइकल सिटी बुटवल, बुटवल साईक्लिङ ग्रुप, तिनाउ साईक्लिङ क्लब, नवलपरासी साईक्लिङ संघका साइक्लिस्टहरुले ‘मन लगाउ, मुटु बचाउ, मन लगाउ, बाथ—मुटुरोगबाट बचाउ, मन लगाउ, हृदयघातबाट बचाउ, मन लगाउ, पत्रु खानाबाट मुटुलाई बचाउ ।’ भन्ने प्लेकार्ड सहित बुटवल नगर परिक्रममा गरेका थिए । यसैबिच दिवसको अवसरमा रुपन्देहीका १० वटा विद्यालयहरुमा सचेतनामुलक पर्चापम्पेलटिङ वितरणको कार्यक्रम समेत गरिएको प्रतिष्ठानका सचिव राजेन्द्र काकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?