© २०२३
दाङ, ११ असोज । दाङको घोराहीमा रेविज सप्ताह सम्पन्न भएको छ । भेटेरीनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र घोराही दाङको आयोजनामा विश्व रेविज दिवस २०२३ को अवसरमा ¥याली सम्पन्न गरिएको छ ।
भेटरीनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालयबाट सुरु भएको ¥याली लखनपार्क, राप्तिहल रोड, शहिद उमेश मार्ग, तुलसीपुरचोक, जेसिज मार्ग, दामोदर रोड र बालमन्दिर स्कुल हुदै पुनः केन्द्रको कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सबैको स्वास्थमा एकरुपता र सबैको स्वास्थका लागि सबैजना भन्ने यस वर्षको उदेश्य रहेको भेटरीनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले जानकारी दिए ।
कार्यक्रममा रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ । कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मान्छे आएमा रेविज लाग्ने बताइएको थियो । रेविज लागेको अर्थात रेविड जनावरहरुको र्यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई राम्रो चुनौती दिएको हो ।
अहिले आएर आधुनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुई लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्ने कुराको जानकारी गराइएको थियो । सेप्टेम्वर २८ विश्वभरि रेबिज विरुद्धको दिवसको रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने राप्ती भेटका सञ्चालक आनन्द चौधरीले जानकारी दिएका थिए ।।