© २०२३
दाङ, ११ असोज । घोराही उपमहानगरपालिका –१८ पुष्पाञ्जली टोल निवासी बिराज चौधरीको रा२ प १५९३ नम्बरको मोटरसाइकलमा आगजानी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१० सौडिकुला निवासी ३२ वर्षीया मिना चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लेनदेनको बिषयलाई लिएर चौधरीले उक्त मोटरसाइकलमा आगो लगाएको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा मोटरसाइकलमा लागेको आगो नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक एवं प्रबक्ता जनकराज मल्लले जानकारी दिए । आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।