© २०२३
सुर्खेत, १० असोज ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास भन्ने कुरा एमाले आएपछि मात्र जनताले देखेको बताएका छन् । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ’एमाले आयो र जनताले विकास देखे, एमाले आउनुअघि यो देशमा विकास नै देखिएको थिएन ।’ उनले अहिलेको गठबन्धन सरकार विदेशीको जालझेलमा चलेको आरोप समेत लगाए ।
उनले २०८४ मा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरे । ‘समय छ अहिले देखि नै लाग्नुस् । हरेक वडामा ५१ प्रतिशत एमाले । यही नै हो एमालेको मिशन ०८४’, अध्यक्ष ओलीले भने, ‘विकास हामीले गरेका छौँ । नागरिकलाई त्यो बुझाउनुस् ।’ ओलीले नेपालमा कम्युनिष्ट पार्टी भनेको एमाले मात्र रहेको दावी गरे । एकीकृत समाजवादीमा रहेका कार्यकर्तालाई समेत उनले एमालेमा फर्कन आह्वान गरे । उनले भने, ‘हाम्रा कार्यकर्ताले अव आफ्नो घरमा पनि सम्झाउनु पर्छ । आफुलाई एमाले भन्ने तर छोराछोरी अर्कै पार्टीमा रहेको कसरी हुन्छ । पहिला घरमा सम्झाउनुस् ।’
नेतृत्व चयनका लागि सकभर सहमतिमा आउन उनले अनुरोध गरे । ‘सकभर सहमति गर्नुस् । नत्र चुनाव लड्नुस् । एउटाले जित्छ, अरुले हार्छन्’, कार्यकर्तालाई निर्देशन दिदै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘जिल्लामा सहमति गर्नुस् । कोटाका आधारमा छुट्टाएर सहमतिबाट आउनुस् ।’ अधिवेशन सकिएपछि यसको प्रभाव पछि पार्टीमा नल्याउन अनुरोध गरे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी