© २०२३
बुटवल,८ असोज । राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरधाममा नागरिक अभिनन्दन गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गरेका हुन् ।
जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा नागरिक अभिनन्दन गरिएको छ ।
राष्ट्रपति पौडेललाई प्रदान गरिएको अभिनन्दन पत्रमा मैथली भाषा प्रयोग गरिएको छ ।
यस्तै, संविधानमा हरेक नेपाली नागरिकलाई नागरिकता दिने अधिकार उल्लेख भएपनि कानून निर्माणको अभावमा लाखौं नेपाली नागरिकताबाट बञ्चित रहेको अबस्थामा राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणिकरण गरी ठूलो समस्या समाधान गरेकोमा पनि उनको प्रशंसा गरिएको छ ।
देश र लोकतन्त्रका लागि पुर्याएको योगदानको कदर गर्दै राष्ट्रपति पौडललाई मधेशका मुख्यमंत्री सरोज कुमार यादव, नेकपा एमालेकी नेतृ जुली महतो, कांग्रेस नेता विमलेन्द्र निधी, जनकपुरधामका पूर्व मेयर बजरंग प्रसाद साह लगायतले अभिनन्दन गरेका छन् ।
नागरिक अभिनन्दनका क्रममा जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्नका लागि आवश्यक पहल गर्न पनि राष्ट्रपति पौडेलसंग आग्रह गरिएको छ ।